मलाइका–अरबाज छुट्टिने पक्का

शुक्रबार, १० मङि्सर २०७३, ०२ : १३ शुक्रवार , Kathmandu
मलाइका–अरबाज छुट्टिने पक्का

बलिउड नृत्यांगना मलाइका अरोडा खान र उनका पति अरबाज खानले एकअर्काबाट टाढा रहने मनसाय बनाएको महिनौँ बितिसकेको छ । तर, पनि उनीहरूले औपचारिक रूपमै अलग हुने निर्णय गरिनसकेकाले उनीहरूलाई पुनः सँगै देख्न पाइने आशा केहीले गरेका थिए । अब त्यस्तो सम्भावना सकिएको छ ।
गत साता दुवैले सम्बन्ध विच्छेद गर्न आफू तयार रहेको व्यहोराको पत्र अदालतसमक्ष पेश गरिसकेका छन् । ‘गत साता फेमिली कोर्टमा दुवैजना आ–आफ्ना वकिलसँग देखा परेका थिए । दुवैले छोडपत्रका लागि आफू तयार रहेको भन्ने व्यहोराको पत्र समावेश गरेर अदालतमा छोडपत्र गरिपाऊँ भन्दै निवेदन दर्ता गराएका छन् । अब उनीहरू छुट्टिने पक्का भएको छ,’ समाचारमा भनिएको छ ।

 

Leave A Comment