नेमारभन्दा सान्चेज कठिन

आइतबार, १२ मङि्सर २०७३, १० : २१ शुक्रवार , Kathmandu
नेमारभन्दा सान्चेज कठिन

पेरुका डिफेन्डर एल्डो कार्जोले चिलीका एलेक्स सान्चेज ब्राजिलका नेमारभन्दा कठिन विपक्षी रहेको बताएका छन् । विश्वकप २०१८ को छनोटको क्रममा आफूले नेमारभन्दा सान्चेजलाई कठिन विपक्षीका रूपमा पाएको उनले बताएका हुन् । ‘सान्चेज निकै छरितो खेलाडी हुन्,’ कार्जोले भने, ‘उनी जो कोहीका लागि कठिन विपक्षी हुन् । उनलाई रोक्न अरू बेला भन्दा दोब्बर प्रयास चाहिन्छ ।’
नेमार उत्कृष्ट खेलाडी रहेको तर आफूलाई सान्चेज कठिन प्रतिद्वन्द्वी लागेको कार्जोको भनाइ छ । सान्चेजले चिलीका लागि १ सय ६ खेलमा ३६ गोल गरेका छन् भने नेमारले ब्राजिलका लागि ७५ खेलमा ५० गोल गरेका छन् ।

Leave A Comment