अन्नाको महँगो जुत्ता

आइतबार, १२ मङि्सर २०७३, १० : ४८ शुक्रवार , Kathmandu
अन्नाको महँगो जुत्ता

हलिउड अभिनेत्री अन्ना केन्ड्रिकको महँगो र स्टाइलिस जीवनशैलीबारे चर्चा भइरहन्छ । यस्तैमा उनले किनेको जुत्ताबारे अहिले चर्चा भइरहेको छ ।
अन्नाले हालसालै ज्यादै महँगो मूल्यमा जुत्ता खरिद गरेकी छिन् । जुत्ताको मूल्य उनले मासिक रूपमा तिर्ने घरभाडाभन्दा बढी भएको समाचारमा जनाइएको छ ।
उनी स्वयंले यस्तो  महँगो जुत्ता खरिद गरेको स्वीकार गरेकी हुन् । ‘जेजस्तो भए पनि जुत्ता चाहिँ महँगो लगाउनुपर्छ । यस्तै मान्यतामा विश्वास गर्ने भएका कारण मैले प्रत्येक महिना तिर्ने घरभाडाभन्दा महँगो जुत्ता खरिद गर्दा पनि मलाई असहज महसुस हुँदैन,’ उनले भनिन् ।

 

Leave A Comment