रुनीमाथि आलोचनाको असर

सोमबार, १३ मङि्सर २०७३, १० : ५९ शुक्रवार , Kathmandu
रुनीमाथि आलोचनाको असर

म्यानचेस्टर युनाइटेडका प्रशिक्षक होसे मोरिन्होले कप्तान वायन रुनीलाई पछिल्लो समय भएको आलोचनाको सामना गर्न कठिन भएको बताएका छन् । आलोचनाको प्रभाव रुनीमा परेको प्रशिक्षक मोरिन्होले बताए । युनाइटेडका कप्तान रुनीले इंग्ल्यान्ड टिम होटलमा हुँदाको अनुचित तस्बिरका लागि माफी पनि मागेका छन् । स्कटल्यान्डमाथिको जीतपछि रुनीले रक्सी खाएको तस्बिर प्रसिद्ध म्यागजिन ‘द सन’ले प्रकाशित गरेको थियो । त्यसपछि रुनीको आलोचना भएको हो । रुनीले त्यसका लागि माफी मागेका हुन् ।
तर, आलोचनाको प्रभाव रुनीमा धेरै परेको हुन सक्ने भन्दै युनाइटेडका प्रशिक्षक मोरिन्होले चिन्ता व्यक्त गरेका छन् । मोरिन्होले भने, ‘मानिसले गर्ने आलोचनाबाट जोगिन आफ्नो वरिपरि पर्खाल नै बनाए पनि प्रभाव पर्छ ।’ घुँडाको चोटबाट पीडित रुनी मैदान फर्कने तयारीमा छन् ।

 

Leave A Comment