तोडियो १६ वर्ष पुरानो कीर्तिमान

बुधबार, ०८ असार २०७३, ११ : २४ शुक्रवार , Kathmandu
तोडियो १६ वर्ष पुरानो कीर्तिमान

हंगेरीका गोलरक्षक गाबोर किरलीले सबैभन्दा पाको उमेरमा युरो कप खेल्ने कीर्तिमान बनाएका छन् । फ्रान्समा जारी युरोअन्तर्गत मंगलवार अस्ट्रियाविरुद्धको खेलमा मैदान उत्रेसँगै किरलीले १६ वर्ष पुरानो कीर्तिमान भंग गरेका हुन् ।
यसअघि सबैभन्दा पाको उमेरमा युरोकप खेल्ने कीर्तिमान जर्मनीका लोथर म्याथ्युजको नाममा थियो । म्याथ्युजले सन् २००० मा ३९ वर्ष ९१ दिनको उमेर हुँदा पोर्चुगलविरुद्ध खेलेका थिए ।
तर, ४० वर्ष ७५ दिनको उमेरमा यो पटकको युरो कप खेलेर किरलीले कीर्तिमान बनाएका हुन् । किरली युरो खेल्न छनोट भएका २४ राष्ट्रका ५ सय ५२ खेलाडीमध्ये सबैभन्दा पाका खेलाडी हुन् ।
‘पाइजामा म्यान’का रूपमा परिचित हंगेरीका किरलीले राखेको यो कीर्तिमानमा एउटा संयोग पनि छ । सन् १९९८ मा अस्ट्रियासँगको खेलमा डेब्यू गरेका उनले युरो कपमा अस्ट्रियासँगकै खेलमा कीर्तिमान बनाएका हुन् । यो उनको १ सय ४ औँ अन्तर्राष्ट्रिय खेल थियो । किरली आफ्नो राष्ट्रबाट सबैभन्दा धेरै खेल खेल्ने खेलाडी पनि हुन् ।

Leave A Comment