डकुमेन्ट्रीमा सन्नी

बुधबार, १५ मङि्सर २०७३, १० : २८ शुक्रवार , Kathmandu
डकुमेन्ट्रीमा सन्नी

क्यानडाली मूलकी बलिउड अभिनेत्री सन्नी लियोनी दर्जनौँ फिल्ममा देखा परिसकेकी छिन् । अब उनी डकुमेन्ट्रीमा पनि देखिने भएकी छिन् ।
आफ्नै जीवनमा आधारित डकुमेन्ट्रीमा उनी देखिने भएकी हुन् । यसमा सन्नी कसरी पोर्न इन्डस्ट्रीमा संलग्न हुन पुगिन् र कसरी उनी त्यसलाई चटक्कै छाडेर बलिउडमा प्रवेश गरिन् भन्ने देखाइएको छ ।
गत साता सन्नीको डकुमेन्ट्रीको ट्रेलर सार्वजनिक भयो । यसलाई दिलीप मेहताले निर्देशन गरेका हुन् । डकुमेन्ट्रीमा सन्नीले खुलेर आफ्नो जीवनबारे बताएकी छिन् । ‘यदि म संसारलाई देखाउन आफ्नो कपडा खोल्छु भने म स्वाभाविक रूपमा बढी पैसा कमाउँछु । यस्तो गर्नमा मैले महारथ हासिल गरेकी छु,’ डकुमेन्ट्रीमा उनले भनेकी छिन् ।

 

Leave A Comment