विवादास्पद किपरलाई सबैको साथ

बुधबार, ०८ असार २०७३, ११ : २६ शुक्रवार , Kathmandu
विवादास्पद किपरलाई सबैको साथ

युरोकप सुरु हुनुअघि नै यौन विवादमा मुछिएका स्पेनिस गोलरक्षक डेबिड डी जियालाई प्रेमिका एडुर्ने गार्सियाले साथ दिएकी छिन् । डेबिडले प्रेमिकाको मात्र नभई आफ्ना प्रशिक्षकको पनि साथ पाएका छन् । प्रशिक्षकको साथ पाएकै कारण उनले चेक गणतन्त्रसँगको खेलमा पोस्ट सम्हाल्ने मौका पाएका थिए । यौन विवाद सुरु भएपछि डेबिडलाई खेलाउने÷नखेलाउने बारेमा निर्णय गर्न स्पेनिस प्रशिक्षक भिनसेन्ट डेल बस्कले ढिलाइ गरेका थिए । तर, अन्ततः डेबिडमाथिको यौन विवाद झुटो रहेको भन्दै उनले भिनसेन्टले डेबिडलाई पोस्ट सम्हाल्ने मौका दिए ।
डेबिडकी प्रेमिका गार्सियाले पनि डेबिड र स्पेनको समर्थन गरेकी छिन् ।  उनले ट्वीटरमा लेखेकी छिन्, ‘कम अन डेभिड, कम अन स्पेन ।’ प्रेमीको यौन काण्डको समाचार सार्वजनिक भएपछि गायिका तथा टेलिभिजन प्रस्तोता गार्सियाले चार दिनसम्म कुनै प्रतिक्रिया दिएकी थिइनन्  । यौन पार्टीमा संलग्न भएको र सन् २०१२ मा म्याड्रिडको एक होटलमा महिलामाथि यौन दुव्र्यवहार गरेको भन्ने समाचार सार्वजनिक भएपछि  युरो कप सुरु हुनुअघि डेबिड विवादमा तानिएका थिए । उनले सबै आरोप अस्वीकार गर्दै आएका छन् ।

Leave A Comment