आमाको काखमा सुष्मिता

बुधबार, १५ मङि्सर २०७३, १० : ४० शुक्रवार , Kathmandu
आमाको काखमा सुष्मिता

बलिउड अभिनेत्री सुष्मिता सेन गत साता ४१ वर्षमा प्रवेश गरिन् । यति वयस्क भएर पनि आमाको काखमा बसेको भन्दै विभिन्न भारतीय अनलाइनले समाचार लेखेका छन् ।
गत साता जन्मदिनको पार्टीमा उनी केही बेर आमा शुभा सेनको काखमा बसिन् । आमाको काखमा बसेको तस्बिरसहित अन्य केही तस्बिर उनले सामाजिक सञ्जालमा हालेकी छिन् ।
निकट मित्र र परिवारका सदस्यसँग उनले बर्थडे मनाएकी हुन् । बर्थडेका तस्बिर इन्स्टाग्राममा सेयर गर्दै उनले लेखेकी छिन्, ‘जन्मदिनमा मलाई शुभकामना व्यक्त गर्ने सबैलाई मुरीमुरी धन्यवाद छ । प्रियजनका माझ आमाको काखमा जन्मदिन मनाउन पाउँदा म धन्य भएकी छु ।’  

 

Leave A Comment