रोनाल्डोको आक्रोश

बुधबार, ०८ असार २०७३, ११ : २९ शुक्रवार , Kathmandu
रोनाल्डोको आक्रोश

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले आइसल्यान्डको टिमले साँघुरो मानसिकता प्रदर्शन गरेको आरोप लगाएका छन् । युरोकपको पहिलो खेलमा पोर्चुगल आइसल्यान्डसँग १–१ को बराबरीमा रोकियो । खेल सकिएपछि आइसल्यान्डका खेलाडीले गरेको सेलब्रेसन युरो कपको उपाधि नै जिते जस्तो रहेको र यो अविश्वसनीय भएको भन्दै रोनाल्डोले यसले उनीहरूको साँघुरो मानसिकता प्रदर्शन गरेको दाबी गरे ।
खेलबाट केही पनि प्राप्त गर्न योग्य नभए पनि आइसल्यान्डको टिम भाग्यमानी भएकाले एक अंक जोडेको रोनाल्डोले बताए । ‘उनीहरूले खेल अवधि भर डिफेन्स मात्रै गरे,’ रोनाल्डोले भने, ‘उनीहरूले साँघुरो मानसिकता प्रदर्शन गरे । मेरो विचारमा उनीहरू प्रतियोगितामा अघि जाने अवस्था छैन ।’  आइसल्यान्डले रोनाल्डोलाई मार्क गर्दै डिफेन्सिभ खेलेको थियो । उनी खेल सकिन पाँच मिनेट बाँकी हुँदा फ्रि हेडरमा गोल गर्नबाट चुकेका थिए । उनले खेल सकिएपछि मैदानबाट निस्कने क्रममा आइसल्यान्डका एकजना खेलाडीसँग मात्रै हात मिलाएका थिए ।
रोनाल्डोको पोर्चुगलको राष्ट्रिय टिमबाट आइसल्यान्डविरुद्धको खेल १ सय २७ औँ हो । उनले लुइस फिगोले राष्ट्रिय टिमबाट गरेको सर्वाधिक सहभागिताको कीर्तिमानसँग बराबरी गरेका छन् ।

Leave A Comment