सौन्दर्यकर्मीको सेमिनार सम्पन्न

बुधबार, ०८ असार २०७३, ११ : ३६ शुक्रवार , Kathmandu
सौन्दर्यकर्मीको सेमिनार सम्पन्न

राजधानीलगायत आसपासका जिल्लामा कार्यरत सौन्दर्यकर्मीहरूको एकदिने सेमिनार भक्तपुरमा सम्पन्न भएको छ । राष्ट्रिय सौन्दर्यकर्मी युनियन, भक्तपुर कमिटीको आयोजना  र मायाज ब्युटिपार्लरको सहयोगमा शनिवार सूर्यविनायकमा भएको कार्यशालामा काठमाडौँ, ललितपुर, भक्तपुर र  काभ्रेका करिब तीन सय सौन्दर्यकर्मीको सहभागिता भएको थियो । कार्यशालामा स्किन मेकअप, एयरब्रस मेकअप, फेसियल(युट्रिस्पा) आई एयर मास्क मेकअपका बारेमा प्रशिक्षण दिइएको थियो ।

 

Leave A Comment