फुर्सदमा कट्रिना

शुक्रबार, १७ मङि्सर २०७३, ११ : ०१ शुक्रवार , Kathmandu
फुर्सदमा कट्रिना

कुनै समय अभिनेत्री कट्रिना कैफकैै हाराहारीका अभिनेत्रीहरू दीपिका पादुकोण र प्रियंका चोपडा करिअरको खुड्किलो चढ्दै गएर अन्ततः हलिउडसम्म पुगे । तर, कट्रिनालाई भने हलिउड छोडौँ, बलिउडमै पनि काम पाउन गाह्रो हुन थालेको छ ।
आलिया भट्ट, अनुश्का शर्माजस्ता नयाँ अभिनेत्रीहरू निर्देशकको पहिलो रोजाइमा पर्न थालेपछि कट्रिना अहिले फिल्मसम्बन्धी काममा व्यस्त हुन छोडेकी छिन् । यही फुर्सदलाई उनले फोटोसुटमा उपयोग गर्न थालेकी छिन् ।
अहिले उनी माल्दिभ्सको समुद्री किनारमा फोटोसुट गरिरहेकी छिन् । एउटा म्यागजिनको आवरण पृष्ठमा छापिने तस्बिर खिचाउन उनी माल्दिभ्स पुगेकी हुन् ।

 

Leave A Comment