मेस्सी र नेमार पुसकासमा मनोनीत

शनिबार, १८ मङि्सर २०७३, ०३ : ४३ शुक्रवार , Kathmandu
मेस्सी र नेमार पुसकासमा मनोनीत

अर्जेन्टिनाका लियोनल मेस्सी र ब्राजिलका नेमार अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाको पुसकास अवार्डका लागि मनोनयनमा परेका छन् । वर्षभरिमा उत्कृष्ट गोल गर्नेलाई फिफाले गोल अफ दी इयर भनेर पुसकास अवार्ड दिन्छ । मेस्सी र नेमार सन् २००९ देखि अहिलेसम्म समान पाँच पटक गोल अफ दी इयरका लागि मनोनयनमा परेका हुन् । तर, मेस्सीले अवार्ड भने जितेका छैनन् । नेमारले एक पटक जितेका छन् । मेस्सी सन् २०११ मा तेस्रो तथा सन् २०१५ मा दोस्रो स्थानमा रहे ।
 २०१६ मा उत्कृष्ट गोल गर्ने खेलाडीको मनोनयनमा परेका १० खेलाडी मध्ये मेस्सी र नेमार अवार्डका लागि बलिया दाबेदार मानिएका छन् । मेस्सीले कोपा अमेरिका फुटबलको सेमिफाइनलमा अमेरिकाविरुद्ध गरेको सुन्दर फ्रिकिक गोल अहिले मनोनयनमा परेको छ । ३२ औँ मिनेटको खेल चलिरहेका बेला अर्जेन्टिना १–० ले अघि थियो । त्यही बेला अर्जेन्टिनाले फ्रिकिक पायो । त्यसमा मेस्सीले सुन्दर गोल गरे । यो खेलमा अर्जेन्टिना ४–० ले विजयी भएको थियो । यो गोल मेस्सीका लागि कीर्तिमानी गोल थियो । उनले यही गोलबाट राष्ट्रिय टिमबाट ५५ औँ गोल गरेर गाब्रिएल बाटिस्टुटाको कीर्तिमान तोड्दै अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता बनेका थिए । मेस्सीले अहिलेसम्म अर्जेन्टिनाबाट ५७ गोल गरेका छन् ।

 

Leave A Comment