दीपिकाबारे युवराज मौन

शनिबार, १८ मङि्सर २०७३, ०३ : ५६ शुक्रवार , Kathmandu
दीपिकाबारे युवराज मौन

बलिउड अभिनेत्री दीपिका पादुकोण कुनै समय ब्याडमिन्टन खेलाडी थिइन् । राज्यस्तरका थुप्रै प्रतियोगितामा उनले सहभागिता जनाइसकेकी थिइन् । खेलप्रतिको यस्तै मोहका कारण हुनसक्छ, उनी कुनै बेला भारतीय क्रिकेटर युवराज सिंहसँग प्रेममा थिइन् ।
युवराज सिंहले अभिनेत्री हेजल किचसँग बिहे गर्ने पक्कापक्की भइसकेको अवस्थामा हालसालै उनलाई दीपिकालगायत उनका पूर्वप्रेमिकाबारे सोधियो । एक अवसरमा उनलाई सोधियो, ‘कुनै बेला तपाईं दीपिका र किम शर्मासँग प्रेममा हुनुहुन्थ्यो । यी दुईमध्ये कसलाई किस गर्दा तपाईंलाई बढी मज्जा आयो ?’ बिहेको सँघारमा सोधिएको यस्तो प्रश्नको जवाफ नदिनु नै उपयुक्त हुने युवराजले ठानेर उनी मौन रहेको समाचारमा जनाइएको छ ।

 

Leave A Comment