बाबाप्रति राखीको क्रोध

सोमबार, २० मङि्सर २०७३, ०४ : २६ शुक्रवार , Kathmandu
बाबाप्रति राखीको क्रोध

बलिउड नृत्यांगना राखी सावन्तले कुनै बेला बाबा रामदेवसँग बिहे गर्न आफू आतुर रहेको बताएकी थिइन् । अब आएर उनले अर्का एक स्वामीलाई नंग्याउने चाहना व्यक्त गरेकी छिन् ।
रियालिटी सो ‘बिग बोस’का कन्टेस्टेन्ट स्वामी ओमजीलाई नंग्याउने चाहना व्यक्त  गरेकी हुन् । बिग बोसमा स्वामी ओमजीले महिलाको चरित्रलाई लिएर आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै उनले स्वामीलाई नांगो पारेर डुलाउन आफू आतुर रहेको बताइन् ।
‘स्वामी ओमजीले महिलाको चरित्रलाई लिएर जेजस्ता टिप्पणी गरिरहेका छन्, त्यसले मेरो कन्पारो तताएको छ । म बिग बोसको घरमा गएर उनको कपडा लुकाई उनलाई नांगै डुलाउन चाहन्छु । को हुन् उनी महिलाको चरित्रबारे तथानाम भन्ने ?’ राखीले आक्रोश पोखिन् ।

 

Leave A Comment