सञ्जालमा फर्किइन् किम

बुधबार, २२ मङि्सर २०७३, १० : ०७ शुक्रवार , Kathmandu
सञ्जालमा फर्किइन् किम

अमेरिकाकी चर्चित मोडल किम कार्दसियन सामाजिक सञ्जालमा असाध्यै सक्रिय छिन् । सामाजिक सञ्जालमा उनले फलोअर्स पनि टन्नै बनाएकी छिन् । बेलाबेलामा सामाजिक सञ्जालमार्फत आफ्ना नग्न तस्बिर सार्वजनिक गर्ने बानीका कारण पनि उनका फलोअर्स बढेका हुन् ।
यस्तोमा किमले पुनः नयाँ तस्बिर इन्स्टाग्राममा अप्लोड गरेकी छिन् । तर, यसपालि उनले नग्न तस्बिर हालेकी छैनन् । आफ्नी छोरीसँग ज्यास्मिन कलरको पहिरन लगाएर खिचाएको तस्बिर उनले हालेकी हुन् ।
अक्टोबर ३ मा उनी फ्रान्सको राजधानी पेरिसमा लुटिएकी थिइन् । एक लुटेराले उनलाई पिस्टोलसमेत तेर्साएको थियो । त्यसपछि सामाजिक सञ्जालबाट एकाएक हराएकी उनी अन्ततः छोरीसँग खिचाएको तस्बिरमार्फत पुनः आएकी छिन् ।

Leave A Comment