‘कथा होइन, बिलौना लेख्ने धेरै छन्’

बुधबार, २२ मङि्सर २०७३, १० : १५ शुक्रवार , Kathmandu
‘कथा होइन, बिलौना लेख्ने धेरै छन्’

‘छापामारको छोरो’ कथासंग्रहका लागि मदन पुरस्कार पाएका कथाकार महेशविक्रम शाहका आधा दर्जनभन्दा बढी किताब प्रकाशित छन् । पेशाले प्रहरी उनी युद्ध–कथा लेखनमा माहिर मानिन्छन् । नेपाली जनजीवन, परिवेशसाथै विदेशी भूमिका दुःख उनका कथाका विशेष कच्चापदार्थ हुन् । कथाकार शाहस“ग शुक्रवारले गरेको कथा–संवाद ः
कथामै आफूलाई पूर्णरूपमा समर्पित गर्ने कथाकारहरूको संख्या पातलि“दै छ । धेरैजसो कथाकार कथा लेख्नुको सट्टा बिलौना गरिरहेका छन् ।
 आजको समय ‘नमरी संसार देखिन्न’ नभई ‘नबा“ची संसार देखिन्न’ भन्ने हो । म मूलतः जीवनवादी तथा यथार्थवादी लेखक हु“ । जीवन–जगत्का नौला–नौला तथ्यहरूको उद्घाटन नगरी लेखनमा नवीनता दिन सकिन्न भन्ने मेरो मान्यता छ ।
ब्रेकर ३ ः कन्टेन्ट मान्छेको शरीरको ढा“चा हो भने क्राफ्ट बाह्य आभूÈण हो । शरीरको ढा“चा ठीक छैन भने मूल्यवान आभूÈण लगाए पनि भद्दा देखिन्छ ।
–महेशविक्रम शाह/कथाकार

नेपाली साहित्यमा संवेदनासँग खेलेरै साहित्य लेख्नेहरूको भीड छ । तपाईं पनि युद्धपीडितहरूको भावनासँग खेलेरै कथाकार हुनुभयो है ।
लेखकले संवेदनास“ग खेल्ने होइन, अनुभूत गर्ने हो । सामान्य मान्छेका आ“खाले देख्न नसकेका कुरालाई लेखकको संवेदना र कल्पनाशक्तिले छाम्न सक्छ, महसुस गर्न सक्छ । यही संवेदना र कल्पना फ्युजन भएपछि साहित्य सृजना हुने हो । कसैको भावनास“ग खेल्नु भनेको उसको चाहना विपरीत कार्य गर्नु हो, धोका दिनु हो । मैले युद्धपीडितहरूको भावनास“ग खेलेको नभई तिनीहरूको अव्यक्त पीडालाई आफ्ना कथामार्फत अभिव्यक्ति दिएको हु“ ।
मदन पुरस्कारै पाइसक्नुभो । युनिभर्सिटीले समेत पत्याएको लेखक तपाईं । भर्खरै ‘नगरकोटी’ फ्लेभरको कथा लेख्नुभो । तपाईंको आफ्नो शैली एक्स्पायर्ड भएर नगरकोटीको हिट फर्मुला कपी गर्न थाल्नुभएको हो ?
उत्कृष्ट साहित्य सृजना गरेपछि लेखकले प्रशंसा, पुरस्कार र सम्मान पाउन सक्छ । यो कुनै अचम्मको कुरा होइन । तर, पुरस्कार र सम्मान पाउने कृतिमात्र उत्कृष्ट हुन्छन् भन्ने सोचाइ गलत हो । म कुनै अमुक पुरस्कार पाउँला भनेर लेख्दि“न । मदन पुरस्कार देशको सबैभन्दा जेठो, ठूलो र प्रतिष्ठित पुरस्कार हो भनेर आम नागरिकले स्वीकार गरिसकेको तथ्य हो । निश्चय पनि मदन पुरस्कारविजेता मेरो कथासंग्रह ‘छापामारको छोरो’ले मेरो साहित्यिक उचाइ बढाएको छ भन्ने मलाई लाग्दछ ।
मैले भर्खरै लेखेको ‘नगरकोटी इन नगरकोट’ कथा नभएर स्वैरकल्पनायुक्त लेख हो । तपार्इंले भन्नुभएको कुरा ठीक हो । त्यो रचना मेरो कथा शैलीस“ग मेल खा“दैन । मेरा कथा सरल हुन्छन् । त्यो लेखमा मैले आफ्नो र नगरकोटीको लेखन प्रवृत्तिलाई पर्गेल्ने प्रयास गरेको छु । त्यो शैली, जसमा मृत आत्माहरूको बयान बढी छ, मेरो मौलिक शैली होइन । नगरकोटी र मेरो लेखनको विÈय, शैली र धारलाई प्रस्तुत गर्ने मनसायले मैले त्यो लेख लेखेको हु“ । नगरकोटीको फ्लेभर पैँचो लिने मेरो कुनै उद्देश्य छैन । मेरो आफ्नै शैली र फ्लेभर छ, जसको सहाराले म नेपाली साहित्यको समुद्रमा डुंगा खियाइरहेको छु । तर, कुनै शैली    कसैको निजी सम्पत्ति हु“दैन भन्ने कुरा पनि त्यत्तिकै सत्य हो ।
तपाईं पुलिसको जागिरे । महिनौँसम्म क्याम्पमा बस्नुपर्दाको पीडाले ‘सिपाहीकी स्वास्नी’ लेख्नुभएको हो ?
जागिर, अभिरुचि, साधना र जीवनको उद्देश्य फरक–फरक कुरा हुन् । एक सफल साहित्यकार बन्नु मेरो वाल्यकालदेखिको सपना हो । ‘सिपाहीकी स्वास्नी’ संग्रहमा विभिन्न विÈयवस्तुका कथा छन्, जुन भिन्न–भिन्न परिवेशमा लेखिएका हुन् । ‘सिपाहीकी स्वास्नी’ शीर्Èक कथाबारे सोध्नुभएको हो भने त्यो कथा मैले जाजरकोटको पा“चकटिया प्रहरी क्याम्पमा माओवादी विद्रोेहीको आक्रमण भएपश्चात् पत्रिकामा प्रकाशित मृतक प्रहरीहरूका घरपरिवारको बिलौना पढेर लेखेको हु“ । त्यसबेला म पूर्वी टिमोरमा थिए“ ।
 विदेश पनि राम्रैसँग घुम्नुभो । तपाईंले धेरै कथा अफ्रिका÷अमेरिकाको परिवेशका पात्रसँग नजिक भएर लेख्नुभएको छ । ती कथाका पात्रसँग कत्तिको घुलमिल हुनुभयो ?
– स्वदेश होस् वा विदेश जहा“ भए पनि सकेसम्म बढी ठाउ“ र देशहरू घुम्नु र त्यहा“का मान्छेहरूको जीवन र सामाजिक परिवेशको विश्लेÈण गर्नु मेरो रुचिको विÈय हो । आजको समय ‘नमरी संसार देखिन्न’ नभई ‘नबा“ची संसार देखिन्न’ भन्ने हो । म मूलत ः जीवनवादी तथा यथार्थवादी लेखक हु“ । जीवन–जगत्का नौला–नौला तथ्यहरूको उद्घाटन नगरी लेखनमा नवीनता दिन सकिन्न भन्ने मेरो मान्यता छ । त्यसैले मैले लेखेका पाश्चात्य र अफ्रिकी मुलुकका परिवेशका कथाहरू मेरो कल्पनाको उपज नभई मेरा अनुभव र अनुभूतिका उत्पादन हुन् ।
पुलिसहरू अलिक कठोर हृदयका हुन्छन् भन्ने आमधारणा छ । त्यसविपरीत तपाईं भावुक भएर लेख्न बस्नुहुन्छ । पेशाप्रति बफादार हुनुहुन्न कि के हो ?
पेशागतरूपमा म विशुद्ध प्रहरी हु“ भने एक समर्पित सर्जक पनि । यी दुवै एक अर्काका पूरक हुन् । प्रहरी महेशले सर्जक महेशलाई अनुशासित बन्न सिकाएको छ भने सर्जक महेशले प्रहरी महेशलाई पीडित जनतालाई न्याय दिने सन्दर्भमा संवेदनशील हुन प्रेरित गरेको छ । प्रहरी कठोर हृदयका हुन्छन् भन्ने मान्यता पुरानो भइसक्यो । अपराधीलाई कानुनको कठघरामा उभ्याउने प्रहरी अपराधीका लागि चट्टानभन्दा पनि कठोर हुनै पर्दछ तर पीडितलाई न्याय दिलाउने सन्दर्भमा प्रहरी सबैभन्दा संवेदनशील हुन्छ ।
 ‘सटाहा’देखि ‘ज्याक्सन हाइट’सम्म आइपुग्दा किताबको संख्या आधा दर्जन नाघिसके । ‘विषय दोहोरिन थाल्यो, थकाइ मारूँजस्तो’ लागेको छैन ?
– मस“ग यति अनुभव छ, मेरा सृजनामा विÈय दोहोरिने सम्भावना वा खतरा देख्दिन“ । तर यो कुरा सा“चो हो । अब २०७२ को प्रारम्भमा साता“ै कथासंग्रह ल्याएर म केही वर्Èका लागि कथाबाट टाढा भएर उपन्यासको मार्ग पहिल्याउन चाहन्छु । साहित्यिकपथमा लाग्ने व्यक्ति एक यस्तो पथिक हो जो कहिल्यै थाक्दैन । साहित्यको भारी बोकेर म कहिल्यै थाकिन“, बरु ज्यान बनिरहेको छ ।
एकहिसाबले साहित्यको ठूलै सेलिब्रिटी मानिनुहुन्छ । यही मौकामा आत्मसंस्मरण लेख्ने ह्याङ छैन ?
– आत्मसंस्मरणमा मिति र समयबाहेक प्रायः अरू कुरा झुटा हुन्छन् रे । त्यसैले यसमा मलाई कुनै चाख छैन । अब मेरो अर्को टर्निङ प्वाइन्ट भनेको उपन्यास नै हो ।
तपाईंका कथामा कन्टेन्ट दुब्लो छ, क्राफ्टले मात्रै बचाएको छ भनियो भने त्यो आरोप हुन्छ कि तथ्य ?
– त्यो आरोप ठीक उल्टो हुन्छ । वास्तवमा इमानदारीसाथ भन्ने हो भने मेरा कथामा क्राफ्टभन्दा कन्टेन्ट सशक्त छ जस्तो मलाई लाग्छ । कन्टेन्ट मान्छेको शरीरको ढा“चा हो भने क्राफ्ट बाह्य आभूÈण हो । शरीरको ढा“चा ठीक छैन भने मूल्यवान आभूÈण लगाए पनि भद्दा देखिन्छ । कन्टेन्टअनुसार क्राफ्टको निर्माण हुने हो । शैलीलाई विÈयवस्तुले पछ्याउने होइन ।
 यौन, त्यसमा पनि दमित यौन नेपाली आख्यानको बलियो कन्टेन्ट हुन थालेको छ । तपाईं यस्ता कन्टेन्टबाट कति बच्नुभएको छ ?
– जुन कुरा शाश्वत हो र जसलाई समाजले ग्रहण गरेको छ त्यसबाट किन भाग्ने ? तर यौनलाई साहित्यमार्फत प्रस्तुत गर्दा साहित्यकार सचेत हुनैपर्छ । यौनको प्रस्तुति असभ्य, अशिष्ट र भद्दा भयो भने त्यसले साहित्यिक मर्यादा गुमाउ“छ । मेरा कथाहरूमा पनि यौन कन्टेन्ट पाउन सक्नुहुन्छ ।
 तपाईंको कथाले फेरि पनि ‘मैनालीय’ कथा–लेखनकै धारालाई पछ्याउँछन् है ।
गुरुप्रसाद मैनालीको कथासंग्रह ‘नासो’ नेपाली आधुनिक कथाको प्रारम्भिक विन्दु हो । उनले नेपाली समाजमा व्याप्त अन्धविश्वास र कुरीतिलाई आफ्ना कथामार्फत आवाज दिए । नेपाली साहित्यमा उनको त्यो कदम एक खालको बौद्धिक क्रान्ति नै थियो । उनका कथाहरूबाट नै सामाजिक यथार्थवादी धाराको सूत्रपात भएको हो । नेपाली आधुनिक कथाका यी सूत्रधारप्रति मेरो ठूलो सम्मान छ । कसैले मलाई ‘तिम्रा कथा मैनालीका कथास“ग मेल खान्छन्’ भन्यो भने त्यो कुरा सही नभए पनि मेरा लागि गौरवको कुरा हो । कुनै अंग्रेजी लेखकलाई तिम्रोे लेखनले सेक्सपियरको झल्को दिन्छ भनेर भन्यो भने सायद ऊ खुशीले रातभर सुत्दैन होला ।
मेरो विचारमा कुनै पनि लेखकका सृृजना वा कृतिहरू कुनै अर्को लेखकस“ग मेल खा“दैनन् । दुई भिन्न दिमागले भिन्न परिवेशमा लेखेका कुरा सर्र्वथा अलग हुन्छन् । यो विज्ञानको नियम हो । मेल खाएजस्तो देखिने कुरा पनि देखिने होइन, मान्छेले आफ्नो वैचारिक स्तर अनुसार महसुस गर्नेमात्र हो । मेरा कृतिहरूको अध्ययन गर्नुभयो भने ‘सटाहा’देखि ‘ज्याक्सन हाइट’सम्म आइपुग्दा कथाको परिवेश, पात्र, भाÈा, शैली, विÈयवस्तु र कथाको प्रवृत्तिमा समेत परिवर्तन देख्न सक्नुहुन्छ । आफ्नो लेखनमा विविधता दिन सकिएन भने साहित्यिक आयु लामो हु“दैन भन्ने कुराको हेक्का मलाई छ । त्यसैले मलाई लाग्ने गरेको आरोप ‘त्यो फलानाको छोरो हो, त्यसैले त्यो मलाई मन पर्दैन’ भनेजस्तै हो ।
 युद्ध–साहित्य खूब लेख्नुहुन्छ । तर, नेपाली लेखकले युद्ध–साहित्यमा कत्तिको न्याय गर्न सकेका छन् ?
– लेखकले समयसापेÔ लेखनका विÈयवस्तु चयन गर्नुपर्छ । सशस्त्र युद्धको समयमा युद्ध–साहित्य लेख्नु समयको माग थियो । तर, एक दशकसम्म चलेको सशस्त्र द्वन्द्व र युद्धबारे जति लेखिनुपथ्र्यो त्यति लेखिएको छैन भन्ने मलाई लाग्छ । राज्यपÔ र तत्कालीन विद्रोही पÔले आ–आफ्ना कामको पÔपोÈण गर्न सक्छन् । तर, मध्य–धारमा रहेर युद्धबाट पीडित जनताको मानवीय संवेदनालाई मात्र लेखनको विÈयवस्तु बनाउ“दासमेत केही शास्त्रीय आलोचकहरूले युद्धविरोधी साहित्यको पगरी गुथाइदिन्छन् । यसप्रकारको एकपÔीय विश्लेÈणबाट कसरी स्तरीय साहित्य सृजना हुनसक्छ ?
 समकालीन कथाकारबारे के सोच्नुहुन्छ ? परम्परामा लेखिएका कथाभन्दा अगाडि पुगेका छन् कि झन् खराब लेख्दैछन् ?
– मेरा समकालीन कथाकार नयनराज पाण्डे हुन् । उनी एक सशक्त कथाशिल्पी हुन् । त्यसपछि नया“ शैली र विÈयवस्तुसाथ देखा परेका उर्जाशील कथाकार कुमार नगरकोटी हुन् । हाम्रा अग्रज कथाकार नारायण ढकालले हामीलाई डो¥याइरहेका छन् । कथामै आफूलाई पूर्णरूपमा समर्पित गर्ने कथाकारहरूको संख्या पातलि“दै छ । अन्य राम्रा कथाकार पनि आइरहेका छन् । तर, धेरैजसो कथाकार कथा लेख्नुको सट्टा बिलौना गरिरहेका छन् ।

Leave A Comment