महिला उद्यमी महासंघमा नयाँ नेतृत्व

बिहिबार, २३ मङि्सर २०७३, १२ : २३ शुक्रवार , Kathmandu
महिला उद्यमी महासंघमा नयाँ नेतृत्व

महिला उद्यमी महासंघ नेपालको १३औँ वार्षिक साधारण सभाले भवानी राणाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । महासंघको उपाध्यक्षमा वरिष्ठ उपाध्यक्षमा शारदा रिजाल, द्वितीय उपाध्यक्षमा रीता सिंह, तृतीय उपाध्यक्ष निरु रायमाझी खत्री, महासचिव शोभा ज्ञवाली, सचिवमा प्रश्ना श्रेष्ठ र कोषाध्यक्षमा हजुरी विष्ट चयन भएका छन् । यसै गरी सदस्यमा सुमिता वैद्य श्रेष्ठ, वसन्ती प्रधान, महालक्ष्मी श्रेष्ठ, सुमित्रा पलान्चोके, मनिषा घिमिरे, कुन्नम पोख्रेल, आनन्दशोभा ताम्राकार, तारा तितुङ, लक्ष्मी खनाल, सरस्वती भण्डारी, सरस्वती शर्मा र शीला नेपाली रहेका छन् । साधारण सभाको अवसरमा उत्कृष्ट महिला उद्यमीलाई पुरस्कार प्रदान गरिएको थियो । जाजरकोटकी शीला नेपालीले प्रथम, पर्वतकी सरस्वती भण्डारीले द्वितीय, सुनसरीकी डम्बरकुमारी श्रेष्ठले तृतीय र कास्कीकी पेबाकी बरालले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

Leave A Comment