हतार छैन माइलीलाई

शनिबार, २५ मङि्सर २०७३, ११ : ०३ शुक्रवार , Kathmandu
हतार छैन माइलीलाई

पपगायिका माइली साइरसलाई एउटै कुरामा मात्रै हतार हुन्छ– मञ्चमा प्रस्तुति दिने क्रममा जिब्रो निकालेर ‘ओरल सेक्स’को संकेत आउने गरी हाउभाउ गर्न । यसबाहेक बाँकी चिजमा उनी बिन्दास पाराकी छिन् ।
उनी अभिनेता लियाम हेम्सवर्थसँग प्रेममा छिन् । तर, प्रेमलाई विवाहमा बदल्न कुनै हतार नगर्ने सोच माइलीले बनाएकी छिन् । यसमा उनलाई प्रेमी लियामले समेत साथ दिएका छन् ।
विगत केही सातायता माइली र लियामले बिहेको चाँजोपाँजो मिलाउन सुरु गरेको समाचार सार्वजनिक भएको थियो । यस्तोमा माइलीकी बहिनी नोहा साइरसमार्फत माइलीले बिहे गर्न हतार नगर्ने बताएकी छिन् । ‘उहाँहरूले अहिले बिहे गर्ने भन्ने कुरा वाहियात हो । दुवैले यस मामिलामा हतार नगर्ने मनसाय बनाएका छन्,’ उनले भनिन् ।

 

Leave A Comment