लाजले भुतुक्कै प्रियंका

आइतबार, २६ मङि्सर २०७३, ११ : ०३ शुक्रवार , Kathmandu
लाजले भुतुक्कै प्रियंका

बलिउडबाट फड्को मारेर हलिउड पुगेकी प्रियंका चोपडाले त्यहाँ अनकौँ बोल्ड सिन दिएकी छिन् । त्यसमध्ये पनि गुडिरहेको गाडीमा एक जना हलिउड अभिनेतासँग उनले दिएको सेक्स सिन सामाजिक सञ्जालतिर भाइरल भएको थियो । हलिउड गएपछि सेक्स सिन दिन उदारता अपनाएकी प्रियंकाले हालसालै यस्तै खालको एउटा सिन हेर्नुपर्दा लाजले मुख छोपेकी छिन् ।
गत साता उनी अमेरिकी टेलिभिजन च्यानलबाट प्रसारण हुने अंग्रेजी भाषाको च्याट सो ‘वाच ह्वाट ह्यापेन्स लाइभ’मा सहभागी भएकी थिइन् । कार्यक्रममा उनले यसअघि काम गरेका केही फिल्मको अंश देखाइएको थियो । यसै क्रममा एकपटक प्रियंकाले लाजले मुख छोपिन् ।
‘आफ्नो पहिलो फिल्म ‘अन्दाज’मा अभिनेता अक्षय कुमारसँग दिएको बोल्ड सिन पर्दामा देखाएपछि लाजले भुतुक्क भएझैँ गरी प्रियंकाले मुख छोपिन्,’ समाचारमा भनिएको छ ।

 

Leave A Comment