‘जाडोमा नीलो हाइनेक नछुटाई लगाउँछु’

सोमबार, २७ मङि्सर २०७३, ०९ : ४२ शुक्रवार , Kathmandu
‘जाडोमा नीलो हाइनेक नछुटाई लगाउँछु’

डा. बाबुराम भट्टराई
संयोजक, नयाँ शक्ति नेपाल

फेसन के हो ?
मानिसको व्यक्तित्व आकर्षक रूपमा उजागर गर्ने माध्यम हो ।
कत्तिको फेसनेबल हुनुहुन्छ ?
खासै छैन । अरूले जे ल्याइदिन्छन्, त्यही लगाउँछु ।
युवा पुस्ताको फेसनलाई कसरी हेर्नुहुन्छ ?
आफू फेसनेबल नभए पनि फेसनप्रति सकारात्मक छु । युवा पुस्ता फेसनप्रति सचेत छ जस्तो लाग्छ ।
जाडोमा तपाईंले नछुटाउने पहिरन ?
जाडोमा नीलो रङको हाइनेक नछुटाई लगाउँछु ।
तपाईंको नजरमा सबैभन्दा फेसनेबल अभिनेत्री ?
करिश्मा मानन्धर ।

प्रस्तुतिः जयन सुब्बा मानन्धर

 

Leave A Comment