‘मनको बाबरी’ फुलाउँदै माओत्से

सोमबार, २७ मङि्सर २०७३, ०९ : ५० शुक्रवार , Kathmandu
‘मनको बाबरी’ फुलाउँदै माओत्से

‘औँसीमा जन्मिएका युवतीलाई विवाह गर्दा अपसगुन हुन्छ’ भन्ने कुरीति अहिले पनि समाजमा व्याप्त छ । अझै पनि यस्ता युवती विवाह नगरी बस्न बाध्य छन् । विवाह भइहाले पनि घरपरिवारबाट तिरस्कृत हुनेपर्ने अवस्था छ । यही कुरीतिमाथि प्रहार गर्दै एउटा फिल्म निर्माण हुने भएको छ । फिल्मको नाम हो, ‘मनको बाबरी’ । माओत्से गुरुङको निर्देशनमा यो फिल्म बन्न लागेको हो । फिल्मको निर्माण यूनिटले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर फिल्मबारे जानकारी दिएको हो ।
सोही अवसरमा फिल्म फ्लोरमा जाने मिति, कलाकार र प्राविधिकको परिचय दिइएको थियो । माओत्से गुरुङ फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको फिल्म स्याङ्जा जिल्लाको पेल्काचौर गाविस आसपास छायांकन हुने निर्देशक माओत्से गुरुङले बताए । फिल्ममा गमन घले, धर्मराज गुरुङ, राज गुरुङ, एन्जर्स गुरुङ, सुरेश सुनुवार, एनबी गुरुङ, सीता गुरुङ, रूपा क्षत्री, सोनी गुरुङलगायत कलाकारले अभिनय गर्नेछन् ।

Leave A Comment