अफ्रिकन वर्ष फुटबलर महरेज

आइतबार, ०३ पुष २०७३, ११ : १५ शुक्रवार , Kathmandu
अफ्रिकन वर्ष फुटबलर महरेज

लिसेस्टर सिटीका रियाद महरेजले बीबीसी अफ्रिकन वर्ष फुटबलर २०१६ को अवार्ड जितेका छन् । विश्वभरका समर्थकको मतका आधारमा अल्जेरियाका महरेजले अवार्ड जितेका हुन् । उनले पिएर एमरिक, एन्ड्रे एयु, साडियो माने र याया टुरेलाई पछि पार्दै अवार्ड हात पारेका हुन् ।
‘यो मेरा लागि धेरै महŒवपूर्ण छ, अफ्रिकन खेलाडीको लागि यो ठूलो कुरा हो,’ २५ वर्षका महरेजले अवार्ड जितेपछि भने, ‘म निकै खुशी छ, मलाई गर्व पनि छ ।’ महरेजले गएको सिजन लिसेस्टरलाई प्रिमियर लिगको उपाधि दिलाउने क्रममा १७ गोल गरेका थिए । अवार्ड समारोहमा लिसेस्टरका प्रशिक्षक क्लाउडियो रानिएरी पनि उपस्थित थिए ।  

 

Leave A Comment