किसिम–किसिमका मानसिक रोग

सोमबार, ०४ पुष २०७३, ०९ : ५३ डा. रवि शाक्य , Kathmandu
किसिम–किसिमका मानसिक रोग

विश्वमा मानसिक रोगीको संख्या बढ्दो छ । विश्व स्वास्थ्य संगठनका अनुसार करिब १५ प्रतिशत मानिस कुनै नकुनै प्रकारको मानसिक समस्याबाट पीडित छन् । मानसिक रोगलाई ‘मनोरोग’ भनिन्छ । मनोरोगअन्तर्गत अति सामान्य समस्या ‘टेन्सन हेड्याक’देखि अति कडा रोग सिजोफ्रेनियासम्म पर्छ । विश्वमा करिब ५० करोड मानिस कुनै नकुनै प्रकारको मनोरोगबाट पीडित छन् । विश्वका १० खतरनाक रोगमध्ये मानसिक रोग दुई नम्बरमा पर्छ । सन् २०२० सम्ममा यो रोग पहिलो नम्बरमा पर्ने विश्व स्वास्थ्य संगठनको अनुमान छ । डिप्रेसन, मेनिया, सिजोफ्रेनिया, दुव्र्यसनी र डिमेन्सिया कडा खालका मानसिक रोग हुन् । डिप्रेसन रोग सबैभन्दा बढी पाइने मनोरोग हो ।
मानसिक रोग अति सामान्यदेखि निको पार्न कठिन हुने सम्मका हुन्छन् । सामान्य खालका मनोवैज्ञानिक समस्या २५ देखि ३० प्रतिशतसम्म मानिसको जीवनमा विभिन्न समयमा पाइन्छ । खास गरी मानिसमा परेको समस्यासँग जुध्न नसक्दा मानसिक रोग लाग्न पुग्छ । तर, वंशानुगत रूपमा पनि मानसिक रोग लाग्ने सम्भावना देखिन्छ । मेहनत गर्न नछोड्ने, अनावश्यक कुरामा बारम्बार एकोहोरो सोचाई नगर्ने, लागुपदार्थ सेवन नगर्ने अनि मनमा रहेको समस्या अरूलाई बा“ड्ने गर्नाले मानसिक रोग लाग्ने सम्भावन कम रहन्छ ।
कस्ता–कस्ता हुन्छन् मानसिक रोग ?
सामान्य खालका मानसिक रोग
डर लाग्ने समस्या– मानिसमा डर लागिरहने, मुटु ढुकढुक गर्ने, हात हल्लने, टाउको दुख्ने, अचानक डराउने समस्या हुन्छ । जुन औÈधि सेवन र साइकोथेरापी गरे निको हुन्छ ।
कनभर्सन डिसोसिएटिभ डिसअर्डर– अचानक हातखुट्टा नचल्ने, छातीमा श्वास फेर्न गाह्रो  हुने, उल्टो कुरा गर्ने, बोली रोकिने, बक्ने (एउटा अर्को भई बोल्ने), काम्ने, बिर्सने आदि लÔण भएका बिरामीलाई कनभर्सन डिसोसिएटिभ डिसअर्डर भनिन्छ ।
टाउको दुख्ने समस्या– मानिसमा टाउको दुख्ने समस्या बढ्दो छ । खास गरी टेन्सन हेड्याक, माइग्रेन आदि बिरामीहरू निकै लामो समस्या लिएर अस्पताल पुग्ने गरेका छन् ।
बालबालिकामा देखिने मनोवैज्ञानिक समस्या– बालबालिकामा चकचक गर्ने, रिसाउने, चोर्ने, झगडा गर्ने, स्कुल जान नमान्ने, स्कुलबाट भाग्ने, एक्लै बस्ने आदि समस्या पाइन्छ । साथै, बच्चामा डिप्रेसन वयस्कमा भन्दा फरक लÔण लिई देखापर्छ ।
सोमोटाइजेसन डिसअर्डर– यो यस्तो रोग हो जसमा शरीरका विभिन्न अंगका समस्या लिएर मानिसहरू चिकित्सककोमा पुग्छन् । टाउको दुख्ने, पेट दुख्ने, हातखुट्टा हल्लिने आदि समस्या देखिन्छ । तर, वास्तविकता चाहिँ मनोरोगसँग जोडिएको हुन्छ ।
बच्चा जन्माएपछि आमामा देखिने मानसिक रोग– महिलाहरू बच्चा जन्माएपछि आफूलाई मानसिक असन्तुलन भएको, डिप्रेसन भएको महसुस गर्छन् । यस्तो रोग उपचारपछि पूर्ण रूपमा निको हुन्छ ।
निद्राको समस्या– मानिसमा निदाउन गाह्रो हुने, निद्रामा डराउने, निद्रामा हिँड्ने समस्या पाइन्छ, जुन उपचार गरे निको हुन्छ ।

मध्यम खालका मानसिक रोग
डिप्रेसन– यो रोगका बिरामी निराश हुने, दिक्क हुने, बारम्बार रुने, हातखुट्टा झमझम गर्ने, टाउको दुख्ने, बा“च्नुभन्दा मर्न बेस भन्ने र कतिपय बिरामीले आत्महत्या गरेको पनि पाइएको छ । डिप्रेसन नेपालमा पाइने एउटा मुख्य मानसिक रोग हो । जीवनभरमा २०–२५ प्रतिशत मानिसमा डिप्रेसन हुन्छ । यो उपचार गरे निको हुने रोग हो ।
लागुऔÈध र रक्सीको समस्या– खास गरी स्कुल जाने, हाइस्कुल तथा कलेज जाने विद्यार्थी लागुऔÈध सेवन गर्ने कुलतमा फसेको देखिन्छ । लागुऔÈध, गा“जा, हिरोइनजस्ता औÈधि लि“दा मस्तिष्कमा असर पर्छ । प्रयोगकर्ताले एक पटक लिएपछि छोड्न सक्दैनन् । रक्सी सेवन गर्नेहरूमा पनि मानसिक समस्या देखिने गरेको छ ।
बढी रक्सी सेवन गर्ने व्यक्तिमा छारे रोगजस्तो काम्ने, होस हराउने, पेट पोल्ने, मुटुको रोग, कलेजोको रोग, डिमेन्सिया तथा डर लाग्ने र डिप्रेसनजस्ता रोग लाग्ने सम्भावना बढी रहन्छ ।
छारे रोग– अचानक शरीर कडा हुने, काम्ने र बेहोस हुने, आ“खा हल्लिने, जिब्रोमा चोट लाग्ने आदि समस्या लिई धेरै बिरामी अस्पताल आउ“छन् ।  कतिपय बच्चामा एकदेखि दुई मिनेट टोलाई मात्र रहने पनि एक प्रकारको छारे रोग हो । यो उपचार गरे निको हुन्छ । यो रोगमा औÈधि लामो समयसम्म सेवन गर्नुपर्छ ।
अब्जेसिभ कम्पल्सिभ डिसअर्डर– यो यस्तो रोग हो, जहा“ मन अत्यन्त कमजोर हुन्छ । मनमा विभिन्न सोचाइ र दृश्यहरू आइरहन्छन् । मनमा लिन्न भने पनि त्यस्ता सोचाइ आउनाले बिरामी आत्तिन्छ । ती सोचाइ आउनाले उसमा छटपटी भइरहन्छ । साथै, चुकुल लगाइसकेपछि पटकपटक हेर्नुपर्ने, हात बारम्बार धोइरहनुपर्ने आदि समस्या रहन्छ ।
सुस्त मनस्थिति– यस्ता बिरामीमा बौद्धिक Ôमता कम हुन्छ । दैनिक जीवनमा यस्ता बिरामी सिक्ने, काम गर्ने, पढ्ने कुरामा निकै पछि पर्छन् । उपचार गरे बिरामी राम्रो हुन्छन् । तर, उनीहरूलाई सीप सिकाइ बौद्धिक Ôमता अनुसारको काम लगाउनुपर्छ ।

कडा मानसिक रोग
बाइपोलर एफेक्टिभ डिसअर्डर– कहिले मेनिया हुने र कहिले डिप्रेसन देखिने रोगलाई बाइपोलर एफेक्टिभ डिसअर्डर भनिन्छ । मेनिया भई फेरि मेनिया दोहोरिए पनि त्यसलाई बाइपोलर एफेक्टिभ डिसअर्डर भनिन्छ । यो रोग चारदेखि पा“च महिना बढ्ने र त्यसपछि निको हुने फेरि एकदेखि दुई वर्Èमा अर्को पटक उही समस्या देखिने हुन्छ ।
सिजोफ्रेनिया– यो यस्तो रोग हो जसमा बिरामीलाई आफू बिरामी भएको थाहा हु“दैन । बिरामी एक्लै बस्दा कानमा आवाज आउ“छ, बिरामी अरूसँग शंका गर्ने, संगत छाड्ने र एक्लै बस्ने, दैनिक काममा ध्यान नदिने, सफासुग्घर गर्न छाड्ने, घरबाट भाग्ने हुन्छ ।
यीबाहेक पनि मानिसक रोगका थुप्रै प्रकार हुन्छन् । मुड डिसअर्डर जसमा बिरामी बढी खुशी र बढी नै उदास देखिने हुन्छ । असामान्य चिन्ता गर्ने सोम्याटो फर्म पनि मानसिक रोगको अर्को प्रकार हो । व्यक्तित्वमा गडबडी पनि मानसिक समस्या हो । जसले रुल र रेगुलेसनलाई मान्दै मान्दैन र तोड्नुपर्छ मात्र भनिरहन्छ यस्ता मानिसहरू पनि मानसिक रोगी हुन् ।

Leave A Comment