बिहेको हतार छैन प्रियंकालाई

बुधबार, ०६ पुष २०७३, ०९ : ५८ शुक्रवार , Kathmandu
बिहेको हतार छैन प्रियंकालाई

बलिउड अभिनेत्री प्रियंका चोपडा ३४ वर्षमा हिँडिरहेकी छिन् । सामान्यतया यो उमेरका भारतीय महिलाले बिहेबारी गरेर सन्तान पनि जन्माइसकेका हुन्छन् । तर, प्रियंकालाई यति बेलासम्म बिहे किन गरिनन् ?
यसबारे सोधिएको एउटा प्रश्नको जवाफमा उनले भनिन्, ‘किनकि, मलाई हतार छैन र परिवारले पनि हतार गरेको छैन ।’
उनका अनुसार घरमा उनको बिहेलाई दिएर कहिल्यै चिन्ता जाहेर गरिँदैन । ‘आमालाई मसँग बिहेबारी कहिल्यै कुरा गर्नुहुन्न । उहाँले पनि ढिलै बिहे गर्नुभएको थियो । बिहेलाई भन्दा अध्ययन र करिअरलाई बढी प्राथमिकता दिनुपर्छ भन्ने उहाँको मान्यता छ । त्यही भएर मलाई बिहे गर्न घरबाट त्यति दबाब छैन,’ उनले भनिन् ।

Leave A Comment