खेलकुदमय पूर्वाञ्चल

बिहिबार, ०७ पुष २०७३, ११ : २१ अजित तिवारी , Kathmandu
खेलकुदमय पूर्वाञ्चल

२०३८ सालमा काठमाडौँमा सुरु भएको पहिलो राष्ट्रिय खेलकूद प्रतियोगिताको सातौँ संस्करण पूर्वाञ्चलमा पुस ८ गतेदेखि सुरु हुँदैछ । विराटनगरको शहीद रंगशालामा शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटन हुनेछ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव केशवकुमार विष्टले प्रतियोगिताको सबै तयारी लगभग पूरा भएको बताए । उनले प्रतियोगिताको उद्घाटन विराटनगरमा र समापन धरानको एन्फा कम्प्लेक्समा हुने जानकारी दिए । ‘उद्घाटन राष्ट्रपति र समापन प्रधानमन्त्रीबाट हुनेछ,’ उनले भने ।
    सांस्कृतिक झाँकी, परेड, कवाज, नृत्य र खेल कौशल प्रदर्शन गरेर उद्घाटन सत्र प्रारम्भ गर्ने तयारी छ । विराटनगरको शहीद रंगशालालाई बेहुलीझैँ सिंगारिएको छ । पूर्वाञ्चलका मोरङ, सुनसरी, झापा, धनुकटा, सिरहा, सप्तरी र उदयपुरमा प्रतियोगिता हुनेछ । ३५ वटा खेल समावेश रहेको सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भने ३० वटा खेल मात्रै पूर्वाञ्चलमा हुनेछ । पूर्वाधार नभएकाले पोखरामा लन टेनिस र ट्रायथलन, काठमाडौँमा फेन्सिङ, स्विमिङ र शारीरिक सुगठन प्रतियोगिता आयोजना भएको छ । जसमध्ये पौडी, ट्रायथलन र शारीरिक सुगठन प्रतियोगिता सम्पन्न भइसकेको छ । महिला फुटबल प्रतियोगिता सुनसरीको दुहबीमा जारी छ ।

 

Leave A Comment