टेस्ट क्रिकेटका खेल घटाउने योजना

शनिबार, ०९ पुष २०७३, ०१ : ५८ शुक्रवार , Kathmandu
टेस्ट क्रिकेटका खेल घटाउने योजना

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले टेस्ट क्रिकेको खेलको संख्या घटाउने प्रस्ताव अघि सारेको छ । आईसीसीको प्रस्ताव बोर्डबाट सर्वसम्मतबाट पारित भएमा वर्षमा १० वटा टेस्ट कम हुनेछन् । आईसीसीका अनुसार अहिले वर्षको ७० वटा जति टेस्ट क्रिकेट भइरहेका छन् । ट्वेन्टी–ट्वेन्टी क्रिकेट र एकदिवसीय क्रिकेटमा केन्द्रित हुनुपर्ने भएकाले टेस्ट क्रिकेटका खेल घटाउन लागेको आईसीसीका प्रमुख कार्यकारी डेभिड रिचर्डसनले जानकारी दिए ।
टेस्ट क्रिकेटमा दर्शकको उपस्थिति कम हुने गरेको छ भने प्रत्यक्ष प्रसारणमा टेलिभिजनहरूले विज्ञापन पनि कम पाउन थालेका छन् । जसका कारण टेस्ट क्रिकेट खेलाउन आर्थिक समस्या नै पर्ने परेको बीसीसीआईका अध्यक्ष शशांक मनोहरले बताए । ‘प्रतिवर्ष ७० टेस्ट हुँदा खेलाडी व्यस्त भए र उनीहरूले आरामसमेत पाएनन्,’ मनोहरले भने, ‘त्यसैले अब वर्षको ३०–४० वटा खेल मात्र आयोजना गर्ने योजना छ ।’ आईसीसीको आगामी बैठकमा टेस्ट संख्या घटाउने सम्बन्धमा छलफल हुने र आउँदो वर्ष बस्ने आईसीसीको कार्यकारी बैठकले यससम्बन्धी निर्णय नै गर्ने मनोहरले बताए । आईसीसीको टेस्ट क्रिकेट घटाउने योजना भारत, अस्ट्रेलिया र इंग्ल्यान्डको समर्थनबिना पूरा हुँदैन । १० देशले टेस्ट मान्यता पाएको भए पनि अहिलेसम्म यिनै तीन देशले टेस्ट क्रिकेटमा आधिपत्य जमाएका छन् । र, सबैभन्दा धेरै टेस्ट पनि यिनै देशले खेल्छन् । आईसीसीले कुनै गम्भीर वा ठूलो निर्णय लिँदा तीनै राष्ट्रका क्रिकेट बोर्डसँग औपचारिक छलफल पनि गर्ने गरेको छ ।

 

Leave A Comment