आभारी किडम्यान

आइतबार, १० पुष २०७३, ०१ : ०६ शुक्रवार , Kathmandu
आभारी किडम्यान

हलिउड अभिनेत्री निकोल किडम्यानले पति तथा संगीतकार केथ अर्बनलाई धन्यवाद दिएकी छिन् । पिताको मृत्युपछिको शोकबाट बाहिर निस्किन आफूलाई साथ र सहयोग दिएको भन्दै उनले धन्यवाद दिएकी हुन् ।
‘मेरो बुबाको निधन भएको समाचार थाहा पाउँदा ऊ कन्सर्टका लागि स्टेजमा चढ्दै रहेछ । समाचार सुन्नासाथ स्टेजतिर उक्लिनुको सट्टा तल झरेर तत्काल प्लेन समातेर ऊ मलाई साथ दिन आइपुग्यो,’ निकोलले भनिन्, ‘उसको यस्तो साथ र हौसलाले दुःखमा सान्त्वना पाएँ । यो सब गरेकामा म ऊप्रति कृतज्ञ छु । साथै, मलाई ऊप्रति गर्व छ ।’

Leave A Comment