करिनाले दिइन् पार्टी

शुक्रबार, १५ पुष २०७३, १२ : ०७ शुक्रवार , Kathmandu
करिनाले दिइन् पार्टी

बलिउड अभिनेत्री करिना कपुरले घरमा भव्य पार्टी दिएकी छिन् । आमा भएको उपलक्ष्यमा उनले घरमा आफन्त तथा शुभचिन्तकलाई बोलाएर पार्टी दिएकी हुन् ।
गत साता उनले पति सैफ अलि खानका तर्फबाट छोरो तैमुरलाई जन्म दिएकी थिइन् । छोरो चार दिनको भएपछि शनिवार उनले घरमा पार्टी आयोजना गरिन् । छोरोको जन्म र क्रिसमस दुवैको उपलक्ष्यमा आफूले पार्टी गरेको करिनाले बताएकी छिन् ।
पार्टीमा करिनाका माइतीतिरबाट प्रशस्तै मानिस सहभागी थिए । त्यस्तै, करिनाका मिल्ने साथी मलाइका अरोडा र अमृता अडोरा पनि उनको खुशीमा सामेल हुन पुगेका थिए । पार्टीमा पति सैफसँग उनी प्रफुल्ल मुद्रामा देखा परेकी थिइन् ।

Leave A Comment