आलियाको नयाँ गीत

शुक्रबार, १० असार २०७३, १२ : ४३ शुक्रवार
आलियाको नयाँ गीत

बलिउडकी ‘क्युट गर्ल’ आलिया भट्ट गायिका पनि भएकी छिन् । फिल्म ‘उड्दा पञ्जाब’ रिलिज भएको केही दिनपछि आलियाको आवाजमा एउटा गीत रेकर्ड गरिएको छ । गायनमा आलियालाई गायक दिलजीतले साथ दिएका छन् । ‘एक कुडी’ बोलको गीत उनीहरूले संयुक्त रूपमा रेकर्ड गराएका हुन् ।
यसअघि दिलजीतको स्वरमा सोही गीतलाई सार्वजनिक गरिएको थियो । गीतलाई दर्शकस्रोताले मन पनि पराएका थिए । सोही गीतको हिपहप संस्करणमा आलियाको पनि आवाज राखिएको हो । गीतलाई क्लब रिमिक्सका साथ पुनः रेकर्ड गरिएको समाचारमा जनाइएको छ ।

Leave A Comment