रिमेकमा आलिया

बिहिबार, २१ पुष २०७३, १० : ४१ शुक्रवार , Kathmandu
रिमेकमा आलिया

हलिउड फिल्म ‘द फल्ट इन आवर स्टार’को बलिउड रिमेक बन्नेबारे चर्चा चल्न थालेको केही महिना भएको छ । फिल्मको हिन्दी रिमेकमा सैफ अली खानकी छोरी सारा अली खान र अभिनेता शाहिद कपुरका भाइ इशान खट्टरलाई प्रमुख भूमिका दिइने तयारी भएको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेका थिए ।
तर, यस्तो चर्चामा परिवर्तन आएको छ । धर्मा प्रोडक्सनले बनाउन लागेको यो रिमेकको प्रमुख भूमिकामा अभिनेत्री आलिया भट्टलाई लिने कुरा अघि बढेको छ । उनको जोडीमा अभिनेता आदित्य राय कपुरलाई काम गराउने गरी तयारी अघि बढाइएको समेत समाचारमा जनाइएको छ ।
‘यो रिमेक बनाउनेबारे गरिएको छलफलमा आलिया पनि सहभागी थिइन् । उनलाई सुरुदेखि नै प्राथमितामा राखिएको थियो । यस दिशामा फिल्म निर्माण युनिट थप अघि बढेको छ र आलियाले रिमेकमा काम गर्ने सम्भावना धेरै छ,’ समाचारमा भनिएको छ ।

Leave A Comment