जोलीले नयाँ फिल्म गर्ने

शुक्रबार, १० असार २०७३, १२ : ५० शुक्रवार
जोलीले नयाँ फिल्म गर्ने

अभिनयबाट केही समययता विराम लिएर सामाजिक क्षेत्रमा सक्रिय हुँदै आएकी हलिउड अभिनेत्री एन्जेलिना जोलीले नयाँ फिल्ममा काम गर्ने चर्चा अहिले हलिउड वृत्तमा चलेको छ । जोलीले ‘मर्डर अन द ओरियन्ट एक्सप्रेस’मा अभिनय गर्ने तय भइसकेको बताइए पनि यसको पुष्टि हुन सकेको भने छैन । तर, पनि जोलीले नयाँ फिल्मका काम गर्ने पक्कापक्कीजस्तै भइसकेको भन्दै विभिन्न अनलाइनले समाचार लेखेका छन् ।
समाचारमा जनाइएअनुसार फिल्मको छायांकन आगामी नोभेम्बरदेखि बेलायतको राजधानी लन्डनमा सुरु हुनेछ । फिल्ममा जोलीले मिसेस हेरियड अब्बार्डको भूमिका निर्वाह गर्ने बताइएको छ । फिल्म उपन्यासकार आगा क्रिस्टीको उपन्यासमा आधारित छ ।

 

Leave A Comment