‘नेपालमै उत्पादन गर्ने योजना छ’

शुक्रबार, २२ पुष २०७३, १० : ५३ दिलीप पौडेल , Kathmandu
‘नेपालमै उत्पादन गर्ने योजना छ’

भारतको प्रख्यात वान ल्याब कम्पनीले नेपालमा ‘सेसा ब्रान्ड’का कस्मेटिक सामग्री बिक्री गर्दै आएको छ । कम्पनीको उत्पादन, बजार, नयाँ योजनाका विषयमा कम्पनीका भाइस प्रेसिडेन्ट राजेश पट्टेलसँग शुक्रवारका लागि दिलीप पौडेलले गरेको कुराकानीः

सेसाको बिक्रीवितरण कहिलेदेखि सुरु भएको हो ?
सन् १९६६ देखि यस कम्पनीले कस्मेटिक प्रोडक्ट उत्पादित गर्दै आइरहेको छ । हामीले स्थापनाको ५० वर्ष मनाइसकेका छौँ । हाम्रो उत्पादन विश्वका ५४ देशमा निर्यात हुन्छन् । यो विश्वभर प्रसिद्ध ब्रान्ड हो भन्ने कुरा यसले पनि प्रमाणित गर्छ ।

यहाँका कम्पनीका मुख्य उत्पादन के–के हुन् ?
सेसा तेल, स्याम्पू, डाई स्याम्पू, हेयर सेरम, सेसा हेयर आयल, लोसन, सेसा कन्डिसनर रहेका छन् । सेसामा १८ प्रकारका हर्बल सामग्रीको मिश्रण भएको छ । अहिले नेपालमा मुख्य गरी सेसा तेल र  ड्राई स्याम्पूलाई फोकस गरेका छौँ ।

सेसा तेल र ड्राई स्याम्पू उपभोक्ताले किन प्रयोग गर्ने ?
हाम्रा उत्पादन स्वस्थ छन् । विश्वभर लोकप्रिय पनि छन् । सेसा तेलले कपालको रौँलाई दह्रो बनाउन, झर्नबाट रोक्नुका साथै सुन्दर र स्वस्थ बनाउन सहयोग गर्छ । रौँ पातलो हुनबाट र तालु खुइलिनबाट रोक्नको लागि उपयुक्त भएको प्रयोगकर्ताले अनुभूति गरेका छन् भने चिकित्सकले पनि प्रमाणित गरेका छन् । त्यसै गरी ड्राई स्याम्पू पानी नै नलगाईकन नुहाउन मिल्ने भएका कारण व्यस्त हुनेहरूका लागि यो निकै उपयोगी छ ।

पानीनै नलगाईकन नुहाउन मिल्ने स्याम्पू भन्नुभयो, त्यो कसरी सम्भव छ ?
यसबारे कमैलाई थाहा छ । अहिले कामको प्रेसरले सबै व्यस्त हुन्छन् । त्यस्तैले सबैको मनोभावनालाई बुझेर हामीले यो ल्याएका हौँ । नेपाली बजारमा सम्भवतः पहिलो पनि हौँ । यो स्याम्पूबाट नुहाउँदा पानीको आवश्यकता पर्दैन । किनकि, यो साधारण स्याम्पूजस्तो होइन । यसमा साबुनको मात्रा नभएकाले पानीविना नै नुहाउन सकिन्छ । एलोेभेरा र निमको सम्मिश्रण भएकाले कपालमा चाया पर्नबाट यसले जोगाउँछ ।

प्रयोगकर्ताको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
युवायुवती सबैले निकै मन पराएका छन् । यो पहिलो पटक भारत र नेपालमा लन्च गरिएको थियो । यसको बजार विस्तार हुँदै छ ।
 
यहाँका उत्पादनका विशेषता के छन् त ?
हामी गुणस्तरमा सम्झौता गर्दैनौँ । हाम्रा उत्पादन आयुर्वेदिक सम्मिश्रण रहेको र चिकित्सकले पनि प्रमाणित गरेकाले कुनै प्रकारको साइड इफेक्ट नहुने भएकाले प्रयोगकर्ताले ढुक्कसँग प्रयोग गर्न सक्छन् ।

यहाँको उत्पादनको बजार नेपालमा कस्तो छ ?
नेपाली बजारमा राम्रो हिस्सा जमाउँदै गएका छौँ । कम्पनीले प्रत्यक्ष र अप्रत्यक्ष बजारमा बिक्री गर्दै आएको छ ।

प्रतिस्पर्धा कस्तो छ ?
कस्मेटिकमा निकै प्रतिस्पर्धा भए पनि हाम्रा उत्पादन केमिकलभन्दा हर्बल भएकाले उपभोक्ताले मन पराएका छन् । त्यसैले बजार विस्तारमा सहयोग पुगेको छ ।

राज्यका निकायबाट केही सहयोगको अपेक्षा छ कि ?
हामी सुरुवाती चरणमा रहेका छौँ । हामीले यहाँ कर तिरेका छौँ । गुणस्तरीय सामग्री दिने हाम्रो प्रतिबद्धता छ । अस्पताल, क्लिनिकहरूमा हाम्रो उत्पादन बिक्री हुने अपेक्षा छ ।

नयाँ योजना के छ ?
नेपालमै उत्पादन गर्ने योजना बनाएका छौँ ।

Leave A Comment