प्रियंकाको अर्काे छलाङ

आइतबार, २४ पुष २०७३, ११ : २४ शुक्रवार , Kathmandu
प्रियंकाको अर्काे छलाङ

बलिउड अभिनेत्री प्रियंका चोपडाको अन्तर्राष्ट्रिय ‘एक्सपोजर’को शृंखला जारी छ । बलिउडबाट हलिउडमा फड्को मारेपछि प्रियंकाले पछिल्लो ओस्कर अवार्ड समारोहमा उद्घोषक बन्ने मौका पाएकी थिइन् । अब उनले यस्तै खालको अन्तर्राष्ट्रिय अवार्ड वितरण समारोहमा प्रस्तुतकर्ता बन्ने अर्को मौका पाएकी छिन् ।
जनवरी ८ मा हुने ७४ औँ गोल्डेन ग्लोब अवार्डमा उनले केही विधाका विजेतालाई अवार्ड वितरण गर्नेछिन् । गोल्डेन ग्लोब अवार्डले आफ्नो अफिसियल ट्वीटर एकाउन्टमार्फत प्रियंकासहित टिमोथी ओलिफ्यान्ट र जस्टिन थिरोउ अवार्ड वितरण समारोहमा अवार्ड प्रिजेन्टर बन्ने जनाएको छ ।

 

Leave A Comment