चिनी नखानु नै राम्रो

आइतबार, २४ पुष २०७३, ११ : ४७ शुक्रवार , Kathmandu
चिनी नखानु नै राम्रो

चिनीले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पारिरहेको हुन्छ । चिनीको साटो गुड खानु स्वास्थ्यका दृष्टिले उत्तम हुन्छ । चिनी नखाँदाका फाइदा यस्ता छन्ः
उच्च रक्तचाप घटाउँछ
मुटुको धड्कन तलमाथि भयो भने ज्यानै जाने जोखिम हुन्छ । चिनी नखाएमा यस्तो जोखिमबाट ज्यान जाने सम्भावना तीन गुणाले कम हुने अनुसन्धानबाट पुष्टि भएको छ । चिनी खानाले रक्तचाप र मुटुको धड्कन क्रमशः तीव्र हुने गर्छ । चिनी खान छोडेमा रक्तचाप र मुटुको धड्कन बिस्तारै सामान्य अवस्थामा आउँछ ।
डन्डीफोर कम हुन्छ
चिनी खानाले डन्डीफोर आउने समस्या अझ जटिल बन्छ । डन्डीफोरले दिक्क बनाएको छ भने गुलियो जुस, सोडा आदि खान बन्द गर्नुपर्छ ।
चिनी रोग टाढिन्ड
चिनी बढी खाने मानिसमा डायबेटिज छिटो लाग्ने गर्छ । चिनी खानाले कलेजो वरिपरि बोसोको सञ्चय बढ्न गई इन्सुलिन उत्पादन कम हुन्छ । साथै, यसले इन्सुलिन उत्पादनसँग सम्बन्धित प्यांक्रियाज ग्रन्थीलाई पनि राम्रोसँग काम गर्न दिँदैन । चिनी खान छोड्नाले टाइप–टू डायबेटिज लाग्ने जोखिम पर सर्ने गर्छ ।
प्रसन्न बनाउँछ
खानामा चिनी र रिफाइन गरिएको अन्न बढी खाने महिलामा चिन्ता, विरक्ति र मनोदशामा छिनछिनमा आउने परिवर्तन बढी हुने गरेको कोलम्बिया विश्वविद्यालयले गरेको अनुसन्धानले पुष्टि गरेको छ ।
मीठो निद्रा लगाउँछ
बढी चिनी खानाले शरीरमा कोर्टिसोल नामक हार्मोन उत्सर्जन हुन जान्छ, जसले मानिसलाई गहिरो र मीठो निद्रा लाग्न दिँदैन ।
स्मरणशक्ति बढाउँछ
चिनी बढी खाने व्यक्तिको सिक्ने र स्मरण गर्ने क्षमतामा क्रमशः ह्रास आउँदै जान्छ । चिनीको मात्रा निकै बढी भएमा दिमागका कोषिकाहरूबीचको संवादमा समस्या आई स्मरणशक्ति कमजोर हुन जान्छ ।
वजन घट्छ
चिनीयुक्त पेय अथवा खाना नखानाले अथवा खान कम गर्नाले शरीरमा क्यालोरीको मात्रा घट्न जान्छ । जसले गर्दा मोटो ज्यान बिस्तारै कम हुन्छ ।

 

Leave A Comment