पटकथा लेख्दै लोहान

आइतबार, २४ पुष २०७३, ११ : ५४ शुक्रवार , Kathmandu
पटकथा लेख्दै लोहान

हलिउड अभिनेत्री लिन्ड्से लोहानले फिल्मको पटकथाको खाका तयार पारेकी छिन् । सन् २००४ मा उनी अभिनीत कमेडी फिल्म ‘मिन गल्र्स’ले राम्रो व्यापार गरेको थियो । अहिले आएर उनले सोही फिल्मको सिक्वेलको पटकथाको खाका तयार पारेकी हुन् ।
‘यो फिल्मको सिक्वेल आउनैपथ्र्यो भन्ने लागेर मैले यसको पटकथाको खाका तयार पारी एक चरण लेखिसिध्याएकी छु । ‘मिन गल्र्स –२’को नाममा मैले पटकथा तयार पारेकी हुँ । तर, पनि फिल्मको आधिकारिक पटकथाकार म होइन । न त फिल्म निर्माण युनिटमै संलग्न छु । तैपनि,  आफ्नै रुचिले यसको सिक्वेल लेख्न बसेकी हुँ,’ उनले भनिन् ।

Leave A Comment