अनुश्काले हटाइन् भ्रम

सोमबार, २५ पुष २०७३, १० : ०२ शुक्रवार , Kathmandu
अनुश्काले हटाइन् भ्रम

गत साता बलिउड अभिनेत्री अनुश्का शर्मा र भारतीय क्रिकेटर विराट कोहलीबीच इन्गेजमेन्ट भएको हल्ला सामाजिक सञ्जालमा चलेको थियो । अहिले उनीहरू गढवालतिर छुट्टी मनाइरहेका छन् । उतैतिर उनीहरूले इन्गेजमेन्ट गरेको भन्दै विभिन्न अनलाइनमा प्रकाशित समाचार सामाजिक सञ्जालतिर भाइरल भएको थियो ।
यसबारे विराट कोहलीले ट्वीटरमार्फत भने, ‘हाम्रो इन्गेजमेन्ट भएको हल्ला साँचो होइन । भएको थियो भने हामीले यसलाई लुकाउने थिएनौँ । सञ्चारमाध्यमले अफवाह फैलाएर तपाईंहरूलाई भ्रममा पारेका छन् ।’
विराटले यस्तो ट्वीट गरेपछि अनुश्काले केही समयपछि त्यसलाई रिट्वीट गरिन् । अनुश्काको रिट्वीटपछि उनीहरूको इन्गेजमेन्ट भएको भ्रम हटेको छ ।

Leave A Comment