रोनाली ‘मिस इको’ प्रतिनिधि

सोमबार, २५ पुष २०७३, ११ : ०० शुक्रवार , Kathmandu
रोनाली ‘मिस इको’ प्रतिनिधि

अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस इको इन्टरनेसनल २०१७’ मा २१ वर्षीया रोनाली अमात्यले नेपालको प्रतिनिधित्व गर्ने भएकी छिन् । ग्रिन आर्ट मिडियाले गत शनिवार राजधानीमा एक कार्यक्रमबीच प्रतियोगी सार्वजनिक गरेको हो ।
कार्यक्रममा अमात्यलाई ‘मिस इको इन्टरनेसनल नेपाल २०१७’ को क्राउन पहि¥याएको थियो । ‘मिस इको इन्टरनेसनल नेपाल २०१६’की विजेता नग्मा श्रेष्ठले रोनालीलाई ताज लगाइदिएकी थिइन् । आगामी अप्रिलमा इजिप्टमा आयोजना हुने प्रतियोगितामा ८० राष्ट्रका सुन्दरीले सहभागिता जनाउनेछन् ।

Leave A Comment