भेडेटारमा फुड फेस्टिभल

बुधबार, २७ पुष २०७३, १० : १२ शुक्रवार , Kathmandu
भेडेटारमा फुड फेस्टिभल

होटल एसोसिएसन भेडेटारले आयोजना गरेको ‘पाँचौँ भेडेटार फुड फेस्टिभल’ विभिन्न सांगीतिक कार्यक्रमसहित सकिएको छ ।
पुस १६ देखि १८ गतेसम्म चलेको फेस्टिभलमा रविन एन्ड द न्यू रेभोलुसन,  द आउट साइडर ब्यान्ड, प्रोजेक्ट फाइभ ब्यान्ड, प्याराडाइज ब्यान्ड, गायक भुवन सुप्तिहाङ राई, सुमन श्रेष्ठ संगम, गायिका अञ्जु राई, गंगा गौतम र अञ्जु गौतमले गीत प्रस्तुत गरेका थिए । यसै गरी गरिमा डान्स सेन्टर धरान, सिर्जनशील बाल तथा युवा क्लब भेडेटार तथा अन्य स्थानीय कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए । भेडेटारको होटल व्यापार, होम–स्टे, कृषि, सांस्कृतिक र शिक्षाको प्रवद्र्घन र अन्य व्यवसायमा टेवा पु¥याउने उद्देश्यले हरेक वर्ष फेस्टिभलको आयोजना गर्दै आएको एसोसिएसनका अध्यक्ष लीलाराज लावतीले बताए ।

Leave A Comment