दूधबारे के भन्छ आयुर्वेद ?

बुधबार, २७ पुष २०७३, १० : २४ शुक्रवार , Kathmandu
दूधबारे के भन्छ आयुर्वेद ?

-दूधमा पाइनेजति पोषक तŒव अन्य खाद्य अथवा पेयबाट नपाइने भएकाले आयुर्वेदले दूधलाई महŒवपूर्ण पेय पर्दाथको सूचिमा राखेको छ ।
-दूध राम्रोसँग पचेमा यसले शरीरका सम्पूर्ण कोषिकाहरूलाई पोषण प्रदान गर्छ । साथै, मनस्थितिलाई पनि सन्तुलनमा राख्ने गर्छ ।
-दूध खानाले त्रिदोष (कफ, बाथ र पित्त) सन्तुलनमा रहन्छ ।
-दूध पिएपछि राम्रोसँग पच्नुपर्छ । नत्र यसले उल्टो हानि पु¥याउन सक्छ । दूध बिहान खाली पेटमा खाँदा राम्रोसँग पच्दैन, जसले गर्दा अजीर्णलगायत समस्या उत्पन्न हुन्छ । बिहान केही खाएपछि मात्रै दूध खाने गर्नुपर्छ ।
-चिसो दूध पनि खानु हुँदैन । दूध उम्लिएपछि यसलाई मधुरो तापमा पाँचदेखि १० मिनेटसम्म बिस्तारै उम्लिन दिनुपर्छ र सेलाएर खानुपर्छ । राम्रोसँग उम्लिएको दूध सुपाच्य हुन्छ ।
-दूध पच्दैन भने अदुवासँग थोरै पिउने गर्नुपर्छ । यसो गर्नाले शरीरले दूध बिस्तारै पचाउँदै जान्छ ।
-अमिलो, तितो, नुनियो खाना अथवा पेयका साथ दूध खानु हुँदैन । खानासँग पनि दूध खानु हुँदैन । खाना खाएको एक घण्टापछि दूध खाने गर्नुपर्छ ।
-माछा, मासु, अण्डाजस्ता खानासँग दूध खानु हुँदैन ।
-भात, आँप, हाडेबदामजस्ता खाना र चिजसँग दूध खान सकिन्छ ।
-आयुर्वेदले राति दूध खानु उत्तम हो भनेको छ । सुत्नुभन्दा ३० मिनेटअघि दूध खानाले मीठो निद्रा पर्छ ।

 

Leave A Comment