प्रेमीसँग अभिनयको धोको

बुधबार, २७ पुष २०७३, १० : २५ शुक्रवार , Kathmandu
प्रेमीसँग अभिनयको धोको

पपगायिका माइली साइरस गायन क्षेत्रमा परिचित छिन् । तर, उनलाई अभिनयप्रति पनि मोह छ । र, अभिनयमा पनि खास गरी अभिनेता लियाम ह्याम्सवर्थसँग काम गर्ने उनको ठूलो धोको छ ।
माइलीले सन् २०१० मा लियामसँग रोमान्टिक फिल्म ‘द लास्ट सङ’मा काम गरेकी थिइन् । लियामसँग अभिनय गर्ने तिर्खा त्यतिबेला पूरा नभएको उल्लेख गर्दैै उनले उनीसँग काम गर्ने अवसर आफूले पुनः खोजिरहेको बताएकी छिन् ।
माइली र लियाम प्रेमीप्रेमिका हुन् । ‘द लास्ट सङ’मा काम गदैगर्दा उनीहरूबीच प्रेम भएको थियो । त्यसपछि उनीहरूले ब्रेकअप गरे र तीन वर्षसम्म अलग रहे । सन् २०१५ मा उनीहरूबीच पुनः प्रेम–सम्बन्ध कायम भयो र त्यसयता दुवै सँगै छन् । यस्तोमा अहिले आएर माइलीले प्रेमी लियामसँग अर्को फिल्ममा काम गर्ने अवसर आफूले खोजिरहेको बताएकी हुन् ।

 

Leave A Comment