बुढ्यौलीको चिन्ता छैन

बुधबार, २७ पुष २०७३, ११ : ०९ शुक्रवार , Kathmandu
बुढ्यौलीको चिन्ता छैन

हलिउड अभिनेत्री ग्विनेथ पाल्ट्रोलाई कुनै बेला म बूढी बन्छु भन्ने कुनै चिन्ता छैन । त्यही भएर अनुहारमा आएका चाउरीका धर्साले उनलाई रत्तिभर पनि चिन्तित बनाउँदैनन् ।
४४ वर्षीया ग्विनेथ भन्छिन्, ‘मेरो अनुहारमा चाउरीका धर्सा देखा पर्न थाले । कपाल पनि कैलो हुन थाल्यो । तर, मेरो शरीरमा आएको यस्तो परिवर्तनलाई म प्रेम गर्छु । जीवनमा मैले धेरै उतारचढाव बेहोरेको छु । मेरो  अनुहारमा देखा परेका मेरा चाउरीले मेरो अतीत बकिरहेको हुन्छ । त्यही भएर योसँग म उल्टो खुशी पो छु,’ उनले भनिन् । चाउरी मेटाउने अथवा पुनः अतीतमा फर्किएर जाने इच्छा आफूसँग नरहेको समेत उनी बताउँछिन् ।

 

Leave A Comment