जिब्रो सफा गर्न के गर्ने ?

बिहिबार, २८ पुष २०७३, ११ : ०० शुक्रवार , Kathmandu
जिब्रो सफा गर्न के गर्ने ?

जिब्रोमा सेतो पत्र जम्मा भएमा जिब्रो फोहोर भएको छ भन्ने बुझ्नुपर्छ । जिब्रो फोहोर भएमा श्वास गनाउने, स्वाद थाहा नहुने, शब्द राम्रोसँग उच्चारण नहुनेलगायत समस्या देखिन्छन् । घरमै पनि जिब्रो सफा गर्न सकिन्छः

टङ क्लिनर
बजारमा धातु र प्लास्टिकको टङ क्लिनर पाइन्छ । ब्रस गरिसकेपछि टङ क्लिनरले बिस्तारै जिब्रो सफा गर्नुपर्छ ।

नुन
जिब्रोमा जमेको सेतो पत्र र ब्याक्टेरिया हटाउन नुन ज्यादै उपयोगी हुन्छ । किनकि, नुनमा एन्टिसेप्टिक गुण हुन्छ । जिब्रोमा अलिकति नुन छरेर टुथब्रसले केही बेर रगड्ने । सातामा दुई पटक यसो गरे जिब्रो ब्याक्टेरियारहित हुन्छ ।

नुनपानी
मनतातो पानीमा नुन हालेर सातामा दुई पटक कुल्ला र गार्गल गर्नाले जिब्रो सफा हुनुको साथै यसमा जम्मा भएका ब्याक्टेरिया पनि हटेर जान्छन् ।

दही
खानासँग दही खाँदा क्यान्डिडा फंगसका कारण जिब्रोमा जमेको सेतो पत्र हट्छ र जिब्रोसँगै श्वास पनि शुद्ध हुन्छ ।

नरिवलको तेल
बिहान ब्रस गर्नुअघि नरिवलको तेल मुखमा हालेर केही समयसम्म कुल्ला गर्नुपर्छ । त्यसपछि मनतातो पानीले कुल्ला गर्नुपर्छ । हरेक दिन बिहान गरियो भने जिब्रो सफा हुन्छ र श्वास गनाउने समस्या पनि हटेर जान्छ ।

घ्यूकुमारीको जुस
घ्यूकुमारीको जुसमा जिब्रो र मुखमा रहेका ब्याक्टेरिया हटाउने गुण हुन्छ । एक चम्चा एलोबेरा जुस मुखमा केही बेर राख्ने । कुल्ला गरी यसलाई थुकिदिने । अथवा एक चम्चा एलोबेरा जुस पिउने गर्नुपर्छ ।

बेसार
बेसारमा पनि ब्याक्टेरियानाशक तŒव हुन्छ । त्यसैले जिब्रो सफा गर्न यसको प्रयोग गर्न सकिन्छ । आधा चम्चा बेसारमा कागतीको रस मिलाएर पेस्ट तयार पार्ने । यो पेस्ट केही बेर जिब्रोमा रगडेपछि कुल्ला गर्ने । साथै, आधा चम्चा बेसारलाई पानीमा घोलेर गार्गल गर्नाले पनि जिब्रो सफा हुन्छ ।

 

Leave A Comment