मिस टुरिजमको ग्रान्ड अडिसन

शुक्रबार, २९ पुष २०७३, १२ : १२ शुक्रवार , Kathmandu
मिस टुरिजमको ग्रान्ड अडिसन

पूर्वमा भइरहेको ‘मिस टुरिजम नेपाल सिजन २’को ग्रान्ड अडिसन सकिएको छ । पहिलो चरणको अडिसनबाट विभिन्न जिल्लाबाट छनोट भएका सहभागीबीच ग्रान्ड अडिसन गरेर छानिएको इभेन्ट म्यानेजर सौगात रिजालले बताए । किरात राई यायोक्खाको भवनमा भएको ग्रान्ड अडिसनमा फिल्म निर्देशक दीपक श्रेष्ठ, पत्रकार हर्ष सुब्बा, मोडल रोशन श्रेष्ठ, फेशन डिजाइनर सहारा गुरुङ, पहिलो मिस टुरिजमकी सहभागी तथा भिजे सुभेक्षा कार्की, समाजसेवी केशव खड्का र बराह ज्वेलरीका पूर्णकुमार कालिकोटेको निर्णायक टोलीले सहभागी छनोट गरेको थियो ।
छनोट भएका युवतीहरूलाई कोरियोग्राफर नेहा बजाजसहित विभिन्न क्षत्रका विज्ञबाट प्रशिक्षण दिइने र माघ अन्तिम साता अन्तिम प्रतिस्पर्धा हुने इभेन्ट निर्देशक हिन्दुहाङ राईले बताए । सहारा इन्टरटेनमेन्टको आयोजनामा पुस ११ गतेबाट मिस टुरिजमको अडिसन सुरु भएको हो ।

 

Leave A Comment