बिपाशाको व्यायाम

शनिबार, ०१ माघ २०७३, १२ : ०६ शुक्रवार , Kathmandu
बिपाशाको व्यायाम

बिपाशा बसु बलिउडकी हट एन्ट फिट अभिनेत्रीमा पर्छिन् । आफ्नो फिटनेसको श्रेय उनी दिनहँु आफूले गर्ने व्यायामलाई दिने गर्छिन् । उनी फिटनेस ट्रेनर पनि हुन् । ‘लभ योर सेल्फ’, ‘ब्रेक फ्री’ र ‘अनलिस’ गरी उनले फिटनेस टिप्स भएका तीन वटा डीभीडीसमेत सार्वजनिक गरेकी छिन् । उनले दिनहुँ गर्ने व्यायाम यस्तो छः
– बिपाशा बिहानै उठेर योगा गर्छिन् । योगामा उनी सूर्य नमस्कार विधि मन पराउँछिन् ।
–सूर्य नमस्कारपछि उनी केही बेर प्राणायाम गर्छिन् ।
–योगा र प्राणायाम सकिएपछि उनी आफ्नै जिमखानामा कार्डियो एक्ससाइज गर्छिन् ।
– योग र कार्डियो एक्ससाइजमा उनले दुई घण्टा बिताउँछिन् ।

 

Leave A Comment