मेस्सीको प्रतिमा तोडफोड

आइतबार, ०२ माघ २०७३, ०२ : ०४ शुक्रवार , Kathmandu
मेस्सीको प्रतिमा तोडफोड

अर्जेन्टिना तथा बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीको प्रतिमा तोडफोड भएको छ । अर्जेन्टिनाको राजधानी ब्युनस आयर्समा रहेको मेस्सीको प्रतिमा तोडफोड भएको हो । गएको जुनमा अनावरण गरिएको काँसबाट बनेको मेस्सीको प्रतिमा कसले र किन तोडफोड गरेको हो भन्ने थाहा हुन सकेको छैन । मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेपछि यो प्रतिमा सार्वजनिक गरिएको थियो । तर, पछि उनले सन्न्यास फिर्ता लिएका थिए । प्रतिमाको कम्मरभन्दा माथिको भाग फुटाइएको छ । फुटेको भाग भुइँमा भेटिए पनि टाउको र हात भने भेटिएको छैन । स्थानीय सरकारी अधिकारीले प्रतिमा पुनर्निर्माणको काम तीव्र गतिमा भएको बताएका छन् । मेस्सीको प्रतिमा बबर्रताको शिकार भएको स्थानीय निकायले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Leave A Comment