सलमानबारे युलिया

सोमबार, ०३ माघ २०७३, १२ : २५ शुक्रवार , Kathmandu
सलमानबारे युलिया

बलिउड स्टार सलमान खानकी प्रेमिकाका रूपमा प्रचारित युलिया वन्तुरले सलमानबारे टिप्पणी गर्दै पहिलो पटक अन्तर्वार्ता दिएकी छिन् । अन्तर्वार्ताका क्रममा उनले सलमान आफ्नो मिल्ने साथी भएको उल्लेख गरिन् ।
‘उनी मेरो मिल्ने साथी हुन् । उनीसँग निकट हुने सबैजनाका उनी मिल्ने साथी हुन्,’ उनले भनिन् । आफूहरूबीच प्रेम रहे÷नरहेकोबारे उनले  खुृलेर बताइनन् ।
सलमानसँग तपाईंको बिहे हुने भन्ने कुरा कत्तिको साँचो हो भनी सोधिएको प्रश्नको जवाफमा उनले भनिन्, ‘हामी मिल्ने साथी हौँ । यति भनिसकेपछि धेरै के भनौँ र ? हामी एकअर्कालाई आदर गर्छौं । सलमानकै कारण म भारत आएँ । यहाँ आएपछि यहाँका मानिस राम्रा लागे,’ रोमानियाकी गायिका तथा मोडलसमेत रहेकी युलियाले भनिन् ।

 

Leave A Comment