एलीको आँट

बुधबार, ०५ माघ २०७३, १२ : ४४ शुक्रवार , Kathmandu
एलीको आँट

अमेरिकी गायिका तथा अभिनेत्री एल फ्यानिङ १८ वर्षकी भइन् । गायनबाहेक उनी यसअघि बालकालकार भएर फिल्म तथा टेलिफिल्ममा अभिनय गर्ने गर्थिन् । आफू हुर्किएको महसुस भएपछि अभिनेत्री भएर उनले फिल्ममा डेब्यू गरिसकेकी छिन् । पछिल्लो पटक उनको फिल्म ‘लाइभ बाई नाइट’ सार्वजनिक भएको छ ।
‘हुर्किएपछि अर्कै खालको भूमिकामा आफूलाई उतार्न मैले जोखिम लिनैपथ्र्यो । र, मैले त्यही गरेँ । संसारमा कुनै पनि कुरा असम्भव हुँदैन भन्ने मलाई महसुस भएको थियो । त्यही भएर मैले अभिनेत्री भएर काम गर्ने प्रयास गरेँ । यसमा म सफल भएजस्तो लाग्छ,’ उनले भनिन् । यसअघि उनले ‘द नियोन डेमोन’ फिल्ममा पनि वयस्क अभिनेत्री भएर काम गरिसकेकी छिन् ।

Leave A Comment