गुफामा रमाउँदै पर्यटक

सोमबार, १० माघ २०७३, ०८ : २१ मनोज घर्तीमगर , Kathmandu
गुफामा रमाउँदै पर्यटक

पोखरामा तालैताल मात्र होइन, गुफा पनि धेरै छन् । आधा दर्जनजति गुफा छन्, यहाँ । आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्यस्थलका रूपमा विकसित हुँदै गएका छन् पोखराका गुफाहरू । महेन्द्रगुफा, गुप्तेश्वर गुफा, चमेरे गुफासँगै हरिहर गुफा, कुमारी गुफाजस्ता साना गुफामा समेत पर्यटकको चाप बढ्न थालेको छ ।
पोखराको भूबनोटको आफ्नै विशेषता छ । यहाँको भूबनोट दुई किसिमको छ, हिमालय खण्ड र पोखरा खण्ड । हिमालय खण्ड चट्टानयुक्त छ भने पोखरा खण्ड चुनढुंगायुक्त छ । चुनढुंगायुक्त यही क्षेत्रमा नै पोखरामा जमिनमुनिको संसार छ । जुन पर्यटकका लागि आकर्षणको केन्द्रमा बनेको छ । अधिकांश गुफा चुनढुंगायुक्त भूबनोटमा बनेका छन् । ‘उपत्यकाको पीँध भाग र डा“डाको फेदी जोडिएको भागमा बढी गुफा बनेका छन्,’ भूगोलविद् डा. कृष्ण केसी भन्छन्, ‘त्यस्तो भागस“गै नदी किनारमा पनि गुफा भेटिन्छन् ।’
पोखरा र सेरोफेरो मात्रै घुम्ने पर्यटक पहिला महेन्द्र गुफा घुम्छन् । पोखरा उपमहानगरपालिका १६ बाटुलेचौरमा अवस्थित गुफाको लम्बाई १ सय २५ मिटर लामो छ । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले गुफाको उद्घाटन गरेपछि गुफाको नाम महेन्द्र गुफा रहन गएको हो । त्यसअघि यसको नाम अँधेरी भुवान थियो । पर्यटकबाट उठाएको टिकटकै आधारमा गुफाले बर्सेनि १० लाखभन्दा बढी आम्दानी गर्दै आएको छ ।
महेन्द्र गुफा पुग्ने पर्यटक नजिकैको चमेरे गुफा नघुमी फर्कदैनन् । गुफाभित्र चमेरो बस्ने भएकाले यसलाई चमेरे गुफा भनिएको स्थनीय बताउँछन् । ‘पोखरामा खूब गुफा हेरियो,’  नवलपरासीबाट पोखरा घुम्न आएकी त्रिदेवी अधिकारीले भनिन्, ‘साथीभाइसँग गुफामा एकछिन लुकामारी पनि खेलियो ।’
अर्को प्रसिद्ध गुफा हो, गुप्तेश्वर गुफा । यस गुफामा पनि बर्सेनि हजारौँ पर्यटक घुम्न आउँछन् । पोखरा उपमहानगरपालिका १७ छोरेपाटनमा अवस्थित गुप्तेश्वर गुफा धार्मिक पर्यटकको लागि प्रसिद्ध छ । ‘पोखराका सबै गुफा घुम्यौँ । सबैभन्दा रमाइलो गुप्तेश्वर गुफामा भयो,’ गुल्मीबाट शैक्षिक भ्रमणमा भएका नरेश थापाले भने ।
यी तीनबाहेक पोखरामा हरिहर सन्न्यासी गुफा पनि छ । पोखरास“गै जोडिएको भलाम गाविसमा रहेको हरिहर सन्न्यासी गुफामा सन्न्यासीको आश्रमस्थल रहेको छ । हरिहर सन्न्यासी गुफामा विशेष गरी बालाचतुर्थीको अवसरमा सतबिउ छर्नेको घुइ“चो लाग्ने गर्छ । कुमारी गुफा घुम्न जाने पनि बर्सेनि बढिरहेका छन् ।

पोखरा उपमहानगरपालिकासँगै जोडिएको अर्मला गाविस ६ मा २०६६ सालमा भेटिएको कुमारी गुफा यहाँको अर्को आकर्षण हो । विसं २०६६ माघ १४ गते यसलाई कुमारी नामकरण गरी अवलोकनका लागि खुला गरिएको हो ।
तस्बिरः छवि मगर

 

Leave A Comment