श्रद्धाले मौकै दिइनन्

सोमबार, १० माघ २०७३, ०८ : २६ शुक्रवार , Kathmandu
श्रद्धाले मौकै दिइनन्

बलिउड अभिनेत्री श्रद्धा कपुरलाई गत साता आयोजित कार्यक्रममा दुई अभिनेताले चुम्बन गर्न  खोजे । तर, उनले दुवै अभिनेतालाई किस गर्ने मौका दिइनन् ।
अभिनेता आदित्य राय कपुर र रणवीर सिंहले दुईतिरबाट श्रद्धालाई गालामा किस गर्न खोजेका थिए । तर, श्रद्धाले दुवै हातले दुईतिरका गाला छोपेपछि उनीहरूको किस गर्ने चाहना अधुरो रह्यो । गत साता श्रद्धा र आदित्य अभिनीत फिल्म ‘ओके जानु’को स्पेसल स्क्रिनिङ समारोहमा आदित्य र रणवीरलाई श्रद्धाले छक्याएकी हुन् । श्रद्धाले यसरी छक्याउँदै गरेको तस्बिर कार्यक्रममा सरिक करन जौहरले खिचेर ट्वीटरमा राखेका थिए । 

Leave A Comment