चिनियाँ सुपर लिगमा नयाँ नियम

सोमबार, १० माघ २०७३, ०८ : २९ शुक्रवार , Kathmandu
चिनियाँ सुपर लिगमा नयाँ नियम

चिनियाँ सुपर लिगमा एउटा क्लबले आउँदो सिजनमा एक खेलमा तीन जना मात्र विदेशी खेलाडीलाई खेलाउन पाउने भएको छ । चिनियाँ क्लबले ठूलो लगानीमा युरोप तथा दक्षिण अमेरिकी देशका खेलाडी भिœयाउन थालेपछि त्यसलाई रोक्न चिनियाँ फुटबल संघले यस्तो नियम बनाएको हो । यो नियम आउँदो मार्चदेखि सुरु हुने नयाँ सिजनमा लागू हुनेछ ।
यो नियमले खेलाडीका लागि हुने खर्च कम गर्न सकिने चिनियाँ फुटबल संघले दाबी गरेको छ । खेलाडीका लागि क्लबले आवश्यकताभन्दा धेरै रकम तिरेकाले त्यसलाई नियन्त्रण गर्न नयाँ नियम बनाइएको संघको दाबी छ । यस्तै २३ वर्षमुनिका कम्तीमा पनि दुई खेलाडी पनि मैदानमा हुनुपर्ने नियम बनाइएको छ । चिनियाँ सुपर लिगमा १६ टिम छन् । क्लबहरूले प्रशिक्षकसमेत विदेशी राख्न थालेका छन् ।
यसअघि लिगको एक खेलमा क्लबले पाँच जना विदेशी खेलाडी खेलाउन पाउने व्यवस्था थियो । त्यसमा एक जना एसियाली महादेशको हुनुपर्ने नियम थियो । नयाँ नियमले चिनियाँ युवा फुटबलरलाई उनीहरूको क्षमता देखाउने अवसर प्राप्त हुने विश्वास गरिएको छ ।

 

Leave A Comment